
३० चैत, काठमाडौं । नेपाली कांग्रेसको आज हुनेभनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको निदन भएका कारण बैठक स्थगित भएको हो ।
गोविन्दराजको चितवनमा निधन भएका कारण पौडेल बैठकम सहभागि हुन नपाउने भएकाले स्थगित गर्नुपरेको पौडेलका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
आजको बैठकमा पछिल्लो राजनैतिक घतनाक्रम र कांग्रेसले सरकारको नेतृत्व लिनको लागि चालेको प्रयास लागाएत पार्टी भित्रको आन्तरिक विषयहरु क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप आदी विषयमा छलफल गर्ने तयारी थियो ।