back
CTIZAN AD

दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

वि.सं.२०७७ चैत ३१ मंगलवार

744 

shares

३१ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको बताएका छन् । उनका अनुसार जेठ र असारसम्म नेपालमा कोरोना संक्रमणको दर उच्च हुने  प्रेक्षपण गरिएकाे छ ।

संक्रमणको अवस्था बढी रहेपनि विगतको अनुभवका कारण तत्काल बन्दाबन्दीकाे अवस्थामा नजानेमा भने उनले प्रष्ट पारे, ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार छ । त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न हो,’ त्रिपाठीले भने । उनले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले एन्टिजेन परीक्षणहरु पनि बढाएको बताए ।

उनले भाईरसको रुप नयाँ देखिएकाले संक्रमणको दर उच्च हुनसक्नेमा सजग रहन सबैमा आग्रह गरेका छन्, ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने भन्ने हो ।’

उनले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा  बढी जोखिम देखिएको समेत बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न समेत सिफारिस गरिएको उनले बताए ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:०५ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...