३१ चैत्र, काठमाडौं । नायीका शिल्पा पोखरेलले आफ्नो बारेमा अनावश्यक समाचार बनाएर चरित्र हरण गरेको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिन प्रहरी कार्यालय पुगेकी छन् । उनको मुद्दा अहिले अदालतमा विचाराधिन छ ।
उक्त विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।
शिल्पाले कार्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसारण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी गराएको बताइन । युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको उनी बताउछीन । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर चरित्र हरण गर्ने प्रयास गरिएको थियो ।
त्यस्तो कुरा प्रशारण भएपछि सोनुको श्रीमती कोमल खत्रीले पनि स्पष्टिकरण दिँदै भिडियो प्रसारण गरेकी छन् । केही वर्ष अघि कोमल र सोनुबीच समझदारी नभएर सोनु डिप्रेशनमा गएको शिल्पाले बताइन् । डिप्रेशनमा गएको बेलामा बनाएको भिडियो उनले फेसवुकमा राख्ने वित्तिकै कोमलले आफैलाई नराम्रो लागेपछि हटाएकी थिइन् ।
कोमलले हटाइसकेको भिडियो प्रकाशले कसरी प्राप्त गरे रु यो पुरै नियोजित थियो, शिल्पाले भनिन्, कोमलले त्यो भिडियो हटाइदिनुस् भनेर कोमलले बारम्बार फोन गर्दा प्रकाशले प्रतिकृया नदिएको शिल्पाको भनाई छ ।
शिल्पा कलाकार संघ, प्रेस काउन्सिल, महिला आयोग, माइती नेपाल र नेपाल पत्रकार महासंघमा पनि उजुरी दिन पुगेकी छन् ।
https://www.youtube.com/watch?v=HanM8dbZMRA
वि.सं.२०७७ चैत ३१ मंगलवार १६:१५ मा प्रकाशित