back
CTIZAN AD

कविताः त्यो हुरी त्यो बतास

वि.सं.२०७८ वैशाख ११ शनिवार

1.4K 

shares

आज समय,
आफ्नो रफ्तार छोडेर,
शितल शितल हुँदै
यसरी मेरोलागि आइदियो ।

मेरो निरासा र एक्लोपन सबै मिथ्या भए ।

सुस्तरी सुस्तरी मुटूमा स्पर्श गरेर त्यो बतासले भन्यो–
मात्र म तिम्रो सुरक्षाकोलागि खटिएको हुँ !
उस्ले मेरो पसिनालाई
ओभाएर भन्यो–
सानी ! तिमी मेरी हौ !

तिमीमा धुलो कसिङ्गर बस्न दिन्नं म,

सबै पाउन र गुमाउन,
सिक्न र बुझ्न,
समय नै आउन पर्दो रहेछ !

विनम्र हुँदै तातो हुरीले फेरि भन्यो –
म तिमीलाई माया गर्छु ,
त्यसैले तिमीलाई पछ्याइ रहन्छु !

अल्लरिदै आउने,
लर्बरिदै आउने,
मलाई छोईरहने,
ती हावाका सबै कृयाकलाप
ती बतासका उत्श्रृखंलपन
यतिखेर मलाई जायज लागिरहेछ ।

ऊ आउँछ
मेरो समीप आईरहन्छ,
कहिले हुन्हुनाउँदै त,
कहिले भुँमरी खेल्दै,
कहिले सुस्साउँदै,
घरि सिरिठो बनेर,
घरि तातो लप्को बनेर,
समय समयमा मेरो मनको धुलो झार्न बतास आउँछ ।

म जीवन अध्ययनमा खटिरहेको हुन्छु,
आफ्नै कर्ममा तल्लिन हुन्छु,
निरन्तर हावाका झोक्काले,
मेरो केश फर्फराइ रहन्छ,
मलाई त्यो हावाले स्नान गराउँछ

अल्लरिदै आउने,
लर्बरिदै आउने,
मलाई छोईरहने,
ती हावाका सबै कृयाकलाप
ती बतासका उत्श्रृखंलपन
यतिखेर मलाई जायज लागिरहेछ ।

त्यो हावा,
त्यो बेमौसमीे हुरी,
त्यो भुँमरी,
त्यो बतासले,
हिजो पनि मलाई सधै छुन्थ्यो ।
मेरो पछ्यौरी फर्फराइदिन्थ्यो ।
म बेवास्था गर्थे,
हावाका सुसेलीहरु कानमै आएर
साउती गर्दै भन्थे–
सानी ! म तिमीलाई जीवन दिन्छु ।
म तिमीलाई प्राण दिन्छु ।

जीवनका आधा शताब्दी,
खर्चिएपछि बल्ल पो मैले,
त्यो प्रेम भनेर थाह पाएँ ।
त्यो बन्देज बिनाको
स्वतन्त्र हुरी बतासभित्रको एकमुठी श्वास पो,
साँचो प्रेमी रहेछ !
जसले मलाई
हरदम आफ्नो ठानेर छोईरहन्छ
जो म भित्र हिँडिरहन्छ ।

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:२८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...