back
CTIZAN AD

धनुषामा मालपोत र नापी कार्यालयका सेवा स्थगित

वि.सं.२०७८ वैशाख १९ आइतवार

750 

shares

१९ बैशाख, जनकपुरधाम । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ ।

मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।

कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताए । त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ ।
रासस

वि.सं.२०७८ वैशाख १९ आइतवार ११:०४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...