back
CTIZAN AD

अमेरिकाका राईहरुले यु एस सेन्सस २०२० मा धर्मको महलमा किरात लेखे

वि.सं.२०७८ वैशाख २० सोमवार

717 

shares

युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको नेतृत्वमा अमेरिकामा बस्ने राईहरुले अमेरिकाको जनगणना सन् २०२० मा धर्मको महल मा ‘किरात’ लेखेका छन् ।

युनाईटेड किरात अर्गनाइजेशन अफ अमेरिकाकी सभापति मुना राईले अमेरिकाको जनगणना सन् २०२० मा धर्मको महल मा ‘किरात’ लेखेको जानकारी दिएकी छन् ।

किरात राई यायोख्खा कतारले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा राईले अमेरिकामा अर्गनाइजेशनले किरात राईहरुको अस्तित्वको लागि हरेक कार्यक्रम गरीरहेको कुरा पनि बताइन् । उनले संसारभरीका राईहरुले जनगणनामा जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नुपर्ने कुरामा समेत जोड दिएकी थिइन् ।

No description available.

किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले नेपालमा भइरहेको १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा भएको प्रशिक्षणात्मक अन्तरक्रियामा नेपालमा हुने आगामी जनगणनामा सबै सचेत भइ जातीको महलमा ‘राई’ धर्मको महलमा ‘किरात’ लेख्नुपर्ने बताएका थिए ।

किराया कतारका अध्यक्ष बिमल राईको सभापतित्वमा सम्पन्न भएको उक्त अन्तरक्रियामा लगभग १२ देशबाट प्रतिनिधित्व रहेको थियो । अमेरीकाबाट युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको तर्फबाट सभापति मुना राई र नेपालको भ्रमणमा रहेका महासचिव जय राईले सहभागिता जनाएका थिए ।

No description available.

इंग्ल्याण्ड च्याप्टरद्धारा सडकको सफाई
त्यस्तै युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले स्थानीय सिटिले आयोजना गरेको विश्व पृथ्वी दिवस २०२१ को उपलक्षमा आयोजना गरेको सडक सरसफाई कार्यक्रममा सहभागीता जनाएको छ । न्यु हेम्प्शायर राज्यको स्टेट रिप्रेजेण्टेटिभ क्यासेन्द्र लेभेक्युले अर्गनाइजेसन तथा परिवारलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताए । अर्गनाइजेसनका सभापति मुक्ति राईको नेतृत्वमा सदस्यहरु सहभागी भएका थिए ।

No description available.

No description available.

 

वि.सं.२०७८ वैशाख २० सोमवार ०७:१७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...