युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको नेतृत्वमा अमेरिकामा बस्ने राईहरुले अमेरिकाको जनगणना सन् २०२० मा धर्मको महल मा ‘किरात’ लेखेका छन् ।
युनाईटेड किरात अर्गनाइजेशन अफ अमेरिकाकी सभापति मुना राईले अमेरिकाको जनगणना सन् २०२० मा धर्मको महल मा ‘किरात’ लेखेको जानकारी दिएकी छन् ।
किरात राई यायोख्खा कतारले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा राईले अमेरिकामा अर्गनाइजेशनले किरात राईहरुको अस्तित्वको लागि हरेक कार्यक्रम गरीरहेको कुरा पनि बताइन् । उनले संसारभरीका राईहरुले जनगणनामा जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नुपर्ने कुरामा समेत जोड दिएकी थिइन् ।
किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले नेपालमा भइरहेको १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा भएको प्रशिक्षणात्मक अन्तरक्रियामा नेपालमा हुने आगामी जनगणनामा सबै सचेत भइ जातीको महलमा ‘राई’ धर्मको महलमा ‘किरात’ लेख्नुपर्ने बताएका थिए ।
किराया कतारका अध्यक्ष बिमल राईको सभापतित्वमा सम्पन्न भएको उक्त अन्तरक्रियामा लगभग १२ देशबाट प्रतिनिधित्व रहेको थियो । अमेरीकाबाट युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाको तर्फबाट सभापति मुना राई र नेपालको भ्रमणमा रहेका महासचिव जय राईले सहभागिता जनाएका थिए ।
इंग्ल्याण्ड च्याप्टरद्धारा सडकको सफाई
त्यस्तै युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले स्थानीय सिटिले आयोजना गरेको विश्व पृथ्वी दिवस २०२१ को उपलक्षमा आयोजना गरेको सडक सरसफाई कार्यक्रममा सहभागीता जनाएको छ । न्यु हेम्प्शायर राज्यको स्टेट रिप्रेजेण्टेटिभ क्यासेन्द्र लेभेक्युले अर्गनाइजेसन तथा परिवारलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताए । अर्गनाइजेसनका सभापति मुक्ति राईको नेतृत्वमा सदस्यहरु सहभागी भएका थिए ।
वि.सं.२०७८ वैशाख २० सोमवार ०७:१७ मा प्रकाशित