सन्सारन्युज, बैशाख, १९ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रीपरिषदको बैठकमा आफुले संसदबाट विश्वासको मत लिने जानकारी उनले गराएका हुन् ।
मन्त्रीपरिषदको बैठक चलिरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । स्रोतका अनुसार यहि बैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेका छन् ।
वि.सं.२०७८ वैशाख १९ आइतवार १८:२१ मा प्रकाशित































