वैशाख १९, काठमाडौं । नेकपा (एमाले)का नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमत भए नभएको टुंगो नलगाई मुख्यमन्त्रीमा नियुक्ती गरेपछि लुम्बिनी प्रदेशमा नयाँ संकट देखिएको छ । अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन नियुक्तविरुद्व विरोधमा उत्रिएको छ ।
गठबन्धनले पोखरेलसँग बहुमत नरहेको भन्दै नियुक्ती रोक्न माग गरिरहेका बेला यादवले अनौठो गरि आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्ती दिएका थिए । उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती दिएका छन् । तर, पोखरेलको पक्षमा भने बहुमत देखिएको छैन् ।
८० सदस्यीय प्रदेशसभामा (दुगनारायण पाण्डेको राजीनामा पछि) पछिल्लो अंकगणितलाई हेर्दा एमाले नेता पोखरेलको पक्षमा मात्रै ३७ सांसद देखिएका छन् ।
यसअघि आइतबार नै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रदेश सभामा निर्वाचित विमला वलीले आफुँ माओवादी केन्द्रमा रहेको घोषणा गरेकी थिइन् । एमालेलाई समर्थन गर्दै आएका दुई प्रदेश सभा सदस्यदहरु धर्मबहादुलाल श्रीवास्तव र अजय शाहीले पनि गठबन्धनलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
तत्कालिन नेकपा (एमाले)को चुनाव चिन्हबाट लडेका श्रीवास्त र शाही हृदयेश त्रिपाठी समूहका प्रदेश सभा सदस्य हुन् ।
अविश्वास प्रस्ताव छल्न पोखरेलले राजीनामा दिएका थिए
एमाले नेता पोखरेलले आइतबार अचानक मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले आजदेखि दलहरुले पेश गरेको अविश्वास प्रस्तावलाई असफल बनाउने हेतुले राजीनामा दिएका थिए । उनले पदबाट राजीनामा दिँदै गर्दा आजदेखि बोलाइएको विशेष अधिवेशन पनि प्रदेश प्रमुखको सहायतमा अन्त्य गरिदिएका थिए ।
प्रदेशसभाबाट अविश्वासको प्रस्ताव पास हुने स्पष्ट भएपछि गरिएको चालबाजीको मोहोरा अहिले प्रदेश प्रमुख बनेका छन् । पोखरेलले प्रदेश प्रमुखको सहायतबाट हुँदै नभएको बहुमत देखाएर पुनः नियुक्ति लिन खोजेका छन् ।
यसअघि गत वैशाख ६ मा पोखरेलले आफुँविरुद्व अविश्वासको प्रस्ताव ल्याउने जसपाका ४ सांसदलाई अचानक मन्त्री बनाईदिएका थिए । विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र सुमना शर्मा पार्टी निर्देशन विपरित मन्त्री खान गएपछि अहिले कारबाहीमा परेका छन् । उनीहरु चारै जना सांसद बिहिन भएका छन् ।
सम्बन्धित समाचार
बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती
विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ
लुम्बिनीको राजनीति : हृदयेश त्रिपाठी समूहका दुई सांसदले छाडे एमाले
मुख्यमन्त्रीमा पोखरेल नियुक्त तर, ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनबाट केसीको दाबी
वि.सं.२०७८ वैशाख १९ आइतवार १८:०९ मा प्रकाशित






























