back
CTIZAN AD

लघुकथाः रमाइलो परिवार

वि.सं.२०७८ जेठ ८ शनिवार

900 

shares

एकजना फकिर यताउता डुलिरन्थे । उनले छिमेकमा कोही पनि दुखी नहोस् । प्रत्येक परिवार सुखशान्तिले रमाइरहोस् भन्ने चाहन्थे । कसको घरपरिवारमा के प¥यो कि भनेर ध्यान दिन्थे । आवश्यकता हेरी सर–सल्लाह दिएर सहयोग गर्थे ।

एकदिन सधैं भन्दा अलि छिटो घर फर्कंदै थिए । एउटा घरको कौसीमा आँखा परे । एक जान अधबैंसे र अर्की भर्खरकी महिला दक्षिण उत्तर फर्केर बसेका । उनलाई लाग्यो परिवारका सदस्यमा यस्तो बेमेल ! छिमेकी यस्तो अशान्त ? म भने केकेन सामाजिक बुझक्की भनाउँदो समाजसेवी ! उनी आफै हैरान ! के रहेछ पत्तो पाउन घरभित्रै छिरे ।

टोलका भलाद्मी आएको देखेर दुवै जना छक्क परे । घरको कुरा बाहिर नजाओस् भनेर सतर्क हुन खोजे तर दृश्य आफै बोल्छ भनेझैं बुढाले जुँगा चल्यो कुरा बुझ्यो सुइको पाइसकेका थिए ।

दुवैको सामु पर्ने गरी छेउमै बसे । पाकीचाहिँ अभद्र हुन्छु कि भनेर हत्तपत्त उठेर भित्र गइन । एकछिनमा पानी लिएर आइन् । पानीको गिलास समाउँदै बुढाले युवतीलाई चिया खुवाउन भने । युवती चिया पकाउन गइन् । उनले तिमीहरू दुवैलाई पनि है सँगै खाने भने । यता अघिझै गफिँदै गए । युवती चिया लिएर आइन् ।

बुढाले चिया समाउँदै अघि बसेको ठाउँमा बस भने ।

बुढाले चियाको सुर्की लिदै आहा कति मिठो भनेर कुरा सुरु गरे –आज पल्लो टोलका रघुवीर कहाँ दिनभरि बसियो । ओहो त्यो घरका सासूबुहारी कति मिलेका ! उसले उसलाई माया गर्न र सम्मान दिन ज्यादै सिपालु ! त्यति राम्रो पारिवारिक मेल देखेर खसखस रोक्न सकिनँ र सोधे–हैन परिवारमा यस्तो जादु कसरी भयो ? मेरो प्रश्न सुनेर त सबै जना हाँसे । मलाई अलिकति लाज लागे पनि हाँसेर पचाइदिएँ ।

बुढी मान्छेका कुरा– मलाई परिवारको सदस्य चाहिएको थियो यिनलाई स्वीकार गरेँ । यिनलाई नयाँ परिवारमा मिसिनु थियो मेरो छोरालाई पत्याइन् । सामाजिक नीति र कानुनी विधि पु¥याएर भित्राइयो । हामी परिवारका सदस्य भयौं । दुवै उस्तै म छोराकी आमा उनी नातिकी आमा ! को ठुलो को सानो दुवै बराबर ।

अब भन्नुस् न ! अलि पहिले मिसन आएकी म सासू भएँ भनेर मक्ख पर्ने र अलि पछि मिसिएकी बुहारी परेँ भनेर ठुस्किने भनेको त पुरानो कुरा, खिया लागेको विचार !
यी उहिलेका कुरा खुइले भनेर समझदारी गरेपछि परिवारै रमाइलो !! एकै सासमा कुरा टुङ्ग्याइन् । म त ट्वाँ…! दुवै मुखामुख गर्न थाले, बुढा जुरुक्क उठे..!

 

 

वि.सं.२०७८ जेठ ८ शनिवार ०६:५२ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...