back
CTIZAN AD

लघुकथा: इमानदारिता

वि.सं.२०७८ जेठ ८ शनिवार

1.6K 

shares

छिमेकी गाउँका केही साथी केटकटीहरू पनि बोलाएको रैछ सङ्कल्प गौलीले । उसका मिल्ने साथी त आउने नै भए । तल्लो घरको माथ्लो घरको र घर वर–परका साथीहरु सबै आएपछि गौलीले आफ्नो खेल योजना सुनायो:–

‘सबैभन्दा पहिला प्रत्येकले सङ्कल्प गरौँ । त्यसपछि समूह बनाई–डन्डीबियो, कपर्दी, भतेरकुँडी अलि खेल खेलौँला ।’

सबैले एकैसाथ स्यालभाका मिलाए । केही दिन यता गौलीले गाउँमा बलियो पकड बनाएको थियो र टोलीनेता नै ठान्थ्यो आफूलाई ।

सबैका सामु समीक्षा बिडारी आई आफ्नै हाते रुमालमा केही पातहरू बेरेर सानो पुस्तकको आकार देखाउँदै ‘लौ अब सबैले यो ‘गीता’ छोएर आ–आफ्नै सङ्कल्प भन्नुहोस् !’ उनी दुवै हातले ‘गीता’ समाएको अवस्थामा टक्क उभिइन् ।

‘साथीहरुको पालो मेरो भन्दा पछि है !’ भन्दै पहिला सङ्कल्प नै अगाडि आएर ‘गीता’ छोएर हात झिक्यो र भन्यो – सर्वप्रथम यो ‘गीता’ नै मान्नुपर्छ भन्ने छैन । नमाने पनि हुन्छ । त्यो ‘गीता’ या मुन्धुम, वेद या त्रिपिटक, कुरान या बाइबल जे माने पनि हुन्छ । अझ म यो भन्छु – ‘त्यो’ छोएर भन्नु पर्दैन ।’

सबैले उसैलाई हेरिरहे । सुनिरहे ।

‘खेलको नियम पनि मैले भनेबमोजिम हुन्छ । सङ्कल्प पनि आ–आफ्नै बोली र शैलीले पढ्ने हो ।

‘समीक्षाले भनेको सुनेर भन्ने होइन । हामी सबैलाई आउँछ त पढ्न !’ ऊ मौलिक विधान सुनाउन थाल्योः–‘साथी हो ! तपाईंलाई लागेको पछि गर्दै गर्नुहोला । ऐले मेरो पालो हो । मेरो सुन्नुस् र त्यसै अनुसार गर्नुस् । तपाईंको पालामा तपाईंको अनुसार गर्नु होला !’ ऊ भन्दै थियोः–

‘म यो प्रतिज्ञा गर्दिनँ । के भने म आफुले गर्न सक्ने कुरामात्र भन्छु । नसक्ने कुरा÷सपना आश्वासनका लागि बाँडेँ – ‘रूख को टोड्काबाट बेगले हावा छिराएर बिजुली निकाल्ने ! आफ्नै खोलामा खेलौना नै भए पनि पानी जहाज चलाउने ! यै गाउँको गल्लीमा रूख–रूखमा बिजुलीको तार तानेर ‘गाउट्रो रेल’ कुदाउने । त्यो खोल्सामा थुपारिएको फोहोरमा नयाँ ट्याङ्की र पाइप फिट गरेर घर–घरमा ग्याँस पुर्याउने, यो चौरमा हामीलाई राम्रो खेलमैदान बनाउने भनेँ ! हो यो मैले पैले भनेकै हो । बोले पनि सङ्कल्प लिए पनि गर्न पर्छ भन्ने लागेको थिएन । तर धेरै बिरोध गरियो ।’
उसको शैली आफ्नै पाराको हुन्छ ।

अझ थपिरहेको थियो :– त्यै भएर साथीहरू हो ! यसपटक म नसक्ने र नगरिने कुराको सङ्कल्प नै गर्दिनँ । के रे त्यो (प्रतिज्ञा गर्दछु) म भन्दिनँ । त्यो भन्नु पर्दैन समीक्षा ! र साथीहरु ! किनभने नगरिने कुरा भन्ने नै होइन । यो पो हो त इमानदारिता !’

त्यहाँ ऊबाहेक कोही बोलेको हुन्न ।‘म फेरि पनि भन्छु, सक्ने जति मात्र सङ्कल्प गरौँ । नसक्ने कुरा नबोलौँ ।’

‘म इमान्दार भएर भन्छु–अहिले सहज अवस्था छैन, कोही लड्यो, खुट्टा भाँचियो, तिर्खा लाग्यो, भोक लाग्यो, खोकी लाग्यो, छाती दुख्यो, पेट फुल्यो भने म उपचार गर्ने ‘प्रतिज्ञा गर्दिनँ !’ म इमान्दार भएर भन्छु किनभने यहाँ औषधिको व्यवस्था छैन, उपचारक पनि छैनन् !’

सबैले तालीको गडगडाहटबका साथ समर्थन गर्दै भने : हो हो कुरा ठीक हो : – नसकिने कुरा गर्नुहुन्न । हाम्रो सङ्कल्प कति इमान्दार !, हो टोली नेतामा इमान्दारिता हुनैपर्छ ।’
‘अब अरु खेल खेलौ न !’ कतैबाट आवाज आयो ।

‘आज त्यो पनि भन्ने र खेल्ने होइन किनकि मैले सङ्कल्पमा भनेकै छैन !’ गौलीको उत्तर सुनेर समीक्षा मौन उभिरही ।

 

वि.सं.२०७८ जेठ ८ शनिवार ०६:५९ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...