१० जेठ, बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तेस्रो बिहे गर्दैछन् ।
५६ वर्षीय प्रधानमन्त्री जोनसनले आगामी जुलाईमा आफ्नी प्रेमिका क्यारी साइमन्ड्सँग तेस्रो विहे गर्न लागेको बताइएको छ ।
एक रिर्पोटका अनुसार उनीहरुले आफ्ना आफन्त, साथीभाई तथा परिवारलाई बिहेको निम्तो दिइसकेका छन् । फरवरी २०२० मा उनीहरुले इंगेजमेन्ट गरेका थिए ।
२०१९ मा प्रधानमन्त्री बनेपछि आफ्नी प्रेमिकाका साथ डाउनिङ स्ट्रीटमा सँगै रहेका उनीहरुको एक छोरा पनि रहेका छन् ।

जोनसनले पहिलो बिहे मारिना व्हीलरसँग गरेका थिए । उनीहरुका ४ छोराछोरी छन् । बिहेको २५ वर्षपछि सेप्टेम्बर २०१८ मा दुवैजनाले डिर्भोस गरेका थिए । दोस्रो बिहे एलेग्रा मोस्टिन ओवनसँग गरेका जोनसनले तेस्रो बिहे साइमन्डसँग गर्न लागेका हुन् ।
वि.सं.२०७८ जेठ १० सोमवार १७:४२ मा प्रकाशित






























