back
CTIZAN AD

मन्त्री थकालीद्वारा ‘एपिबिएफ’ बैठकलाई सम्बोधन

वि.सं.२०७३ माघ २७ बिहीवार

864 

shares

२७ माघ, काठमाडौँ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले आर्थिक वृद्धि र विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

बङ्गलादेशको ढाकामा बुधबारदेखि सुरु भएको एसिया प्रशान्त व्यावसायिक मञ्च (एपिबिएफ) को बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो — “यस क्षेत्रका मुलुकले आपसी समझदारीमा विकास गर्न सके छिटो दिगो विकासको लक्ष्य प्राप्ति गर्न सकिन्छ ।”

मन्त्री थकालीले एसिया प्रशान्त क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक क्षेत्रमा विविधतायुक्त रहेको उल्लेख गर्दै स्रोत र साधनमा समृद्ध भएर पनि यस क्षेत्रले विकास हासिल गर्न नसकेको बताउनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

व्यापार, पर्यटन, जलस्रोत, कृषि, खानी र सामुद्रिक स्रोतको उपयोग गरेर अगाडि बढ्न सके छिटै यस क्षेत्रको जनताको जीवनस्तर सुधार आउने बताउँदै उहाँले नयाँ संविधानको घोषणासंगै नेपालमा लगानीको वातावरण बनेकोले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो ।

युएनस्क्याप, बङ्गालदेशको वाणिज्य मन्त्रालय र अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स बङ्गलादेशको संयुक्त आयोजनामा भएको उक्त मञ्चको बैठकलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले उद्घाटन गर्नुभएको थियो । बैठक बिहीबारसम्म चल्नेछ ।

बैठकमा नेपाल, श्रीलङ्का, बङ्गलादेश, इन्डोनेशियालगायत देशका उद्यमी, व्यवसायी र विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनका उच्च पदाधिकारीहरूको सहभागिता रहेका छन् ।

उद्घाटनका क्रममा बङ्गालदेशका राष्ट्रपति हमिदले सामाजिक र आर्थिक विकासका लागि एसिया प्रशान्तका देशहरू मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७३ माघ २७ बिहीवार ०३:४४ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...