back
CTIZAN AD

एनआरएनए जापानको तोचिगी क्षेत्रिय समितिको अध्यक्षमा मन्दिप क्षेत्री

वि.सं.२०७८ जेठ १६ आइतवार

891 

shares

१६ जेठ, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय समिति तोचिगीको अध्यक्षमा मन्दिप क्षेत्री चयन भएका छन् ।

कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्येनजर गर्दै भर्चुअल मार्फत् सम्पन्न अधिबेशनले २०२१–२०२३ का लागि क्षेत्रीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपसंयोजकमा सन्तोष घिमीरे र सुनिल सापकोटा, सचिवमा उत्तम खनाल, सहसचिवद्धयमा कपिल न्यौपाने, आशिष बन्धु खनाल, कोषाध्यक्षमा प्रकाश जंग सिंह र सहकोषाध्यक्षमा अनिल कुमार किशन रहेका छन् ।
त्यसैगरी समितिको सदस्हरुमा मेघराज सापकोटा, रोहीत मगर, संजय लम्साल, मान पुन, महिला सदस्यमा सम्झना राई र विद्यार्थी सदस्यमा रोहित कुमार यरीलाई चयन भएका छन् ।
त्यसैगरी खाली रहेको महिला उपसचिवमा पदमा पछि चयन गरिने पनि समितिले जनाएको छ ।

तोचिगी तदर्थ समिति संयोजक एवं नवनिर्वाचित संयोजक मन्दिप क्षेत्रीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी तथा वरिष्ठ उपाध्यक्ष अनिता गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो ।

एनआरएनए जापान क्षेत्रीय उपाध्यक्ष तथा क्षेत्रीय निर्वाचन कमिटी संयोजक दिपक कार्की, एनआरएनए जापानका युवा उपाध्यक्ष नविन न्युरे, महासचिव जनक विक्रम शाही, सचिवद्धय टिकाराम खरेल, विष्णु घिमिरे, क्षेत्रिय सचिव विकास बस्नेत, एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा, युवा संयोजक राम थापा अनिल, महिला संयोजक संगीता अधिकारी प्रवक्ता–सिद्धार्थ श्रेष्ठ,सल्लाहकारहरु नरेन्द्र बस्नेत (दिनेश), शिव पौडेल, छत्र दहाल, किरण वर्मा, तथा जापान सदस्यहरु रामकृष्ण श्रेष्ठ ,जीवन गुरुङ, राजेश खनाल, महेश कुमार कटुवालको सहभागिता रहेको थियो ।

त्यसैगरी एनआरएनए जापान क्षेत्रिय संयोजकहरु कान्तो संयोजक राकेश रुम्बा, चिवा संयोजक विश्व सुवेदी, कान्साई संयोजक कृष्ण गैरे, निगाता संयोजक दिपक सुनुवार, नागानो संयोजक नन्दराज रेग्मी, गुन्मा संयोजक मिन कुमार लामीछाने, सहभागी रहेका थिए । तोचिगी सल्लाहाकार राजु पनेरु, भुवन गैरे, सुरेन्द्र अधिकारी ,मगेन्द्र बस्नेत, क्युस्यु क्षेत्रिय सचिव अर्जुन थापा बगाले कृष्ण खनालको पनि सहभागिता रहेको थियो ।

तोचिगी तदर्थ समितिको प्रतिवेदन अनील कुमार किसान प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य विकास बस्नेत, संचालन उत्तम खनाल र सह–संचालन मेघराज सापकोटाको रहेको थियो ।
अध्यक्ष देविलाल भण्डारीले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई भर्च्युअल माध्यमबाट सपथ ग्रहण गराएका थिए ।

वि.सं.२०७८ जेठ १६ आइतवार १४:०५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...