back
CTIZAN AD

बनेपाको रु पन्ध्र करोड बजेट

वि.सं.२०७३ माघ २७ बिहीवार

834 

shares

rupees

बनेपा  । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु १४ करोड ९८ लाख चार हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बनेपा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ०७४÷०७५ का लागि बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले सो बजेट तथा कार्यक्रम आज सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले आन्तरिक स्रोतबाट रु दुई करोड ५० लाख ८० हजार तथा बाह्य स्रोतबाट रु १२ करोड ४७ लाख २४ हजार प्राप्त गर्ने अनुमान गरेको छ । यो गत आवको भन्दा करिब २१ प्रतिशत बढी बजेट भएको नगरपालिकाले जनाएको छ ।

सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा कस्तो बजेट निर्माण गर्ने भन्ने विषयमा सरकारले मापदण्ड बनाएको उल्लेख गर्दै नगरपालिकामा अव्यवस्थित नक्सा पास रोक्नुपर्ने बताउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले बजेटलाई कनिका छरेजस्तो बनाउन नहुनेमा जोड दिँदै कार्यतालिकाका आधारमा बजेट सदुपयोग गर्न आग्रह गर्नुभयो ।

बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका अध्यक्ष रघुवर चौप्रधान, उद्योग वाणिज्य सङ्घ, बनेपाका उपाध्यक्ष प्रकाश मान्नधर, बनेपा नगरपालिकाका राजस्व अधिकृत ध्रुव नेपाललगायतले बनेपामा फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेकोमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ माघ २७ बिहीवार १४:३२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...