back
CTIZAN AD

रगत दिनुहोस र संसारको धड्कनलाई चलायमान बनाइ राख्नुहोस

वि.सं.२०७८ जेठ ३० आइतवार

1.2K 

shares

रक्त–अल्पता, रक्तश्राव लगायतका बिरामीहरु बच्चाउन सयौं बर्ष पहिलादेखी डाक्टरहरु प्रयासरत थिए । त्यतिखेर डाक्टरहरुले आमाको दुध, गाइको दुध, भेडाको रगत बिरामीहरुलाई संचार गरेर जोगाउने प्रयास गरेका थिए । तर यी उपायहरु बिरामीको रगतमा घुलित हुन सकेनन् । बिरामीको शरीरमा फोका उठ्ने, चिलाउने, रगत फाटेर तत्कालै मृत्यु हुन्थ्यो । पछील्ला दिनहरुमा डाक्टरहरुले बिरामीहरुलाई मानव रगत संचार गरे । कुनै बिरामी बिसेक हुन्थे त कुनैको मृत्यु । सन् १९०१ मा कार्ल ल्यान्डस्टेनरले मानव शरिरमा ए, बि र ओ रगत समूह हुनेरहेछ भन्ने ज्ञान पत्ता लगाए । त्यसपछी बिरामीको जुन समुहको रगत छ त्यही नै समुहको रगत संचार गर्दा धेरै बिरामी बाँचे ।

अहिलेसम्म रगत कुनै प्रगोगशालामा बन्न सकेको छैन । कसैलाई रगत चाहिए स्वस्थ ब्यक्तिले नैं दिनैपर्छ । अरुलाई रगत दिनेको जती नै प्रशंसा गरे पनि पुग्दैन । त्यस्ता रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न तथा रक्तदानको आवश्यकताबारे विश्वब्यापी चेतना फैलाउन सन् २००४ देखी जुन १४ लाई विश्व स्वास्थ्य सङ्गठनले विश्व रक्तदाता दिवस मनाउदै आइरहेको छ । यो दिन मानव रक्त समुह पत्ता लगाउने तीनै बैज्ञानिक कार्ल ल्यान्डस्टेनरको जन्मदिन हो । यस बर्षको विश्व रक्तदाता दिवसको नारा ‘रगत दिनुहोस र संसारको धड्कनलाई चलायमान बनाइ राख्नुहोस’ छ ।

अचेल साथीहरूले मलाई ‘हि ईज ब्लड डोनर’ भनी चिनाउछन् । कार्ल ल्यान्डस्टेनरले देखाएको गोरेटो हिड्दै मैले पनि धेरैलाई बच्चाउन सकेँ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ को प्रतिवेदन अनुसार त्यस बर्ष करीब १२ करोड पोका रगत दान गरियो । त्यती रगतले विश्वभरका बिरामीलाई उपचार गर्न अझै रगत अभाव छ । हाम्रो देश नेपालमा वार्षिक ३ लाख हाराहारी पोका रगत दान हुन्छ । यो पर्याप्त छैन । सबै बिरामीको सजिलै रगतमा पहुँच पु¥याउन त्यस देशको जनसंख्या अनुसार २ प्रतिशत भन्दा बढीले रगत दान गर्नै पर्छ । आज हामीले दान गरेको रगतले कसैले नयाँ जीवन पाउछ । भविष्यमा हिजो दिनेलाई आवश्यक पर्न सक्छ । त्यतिबेला अरुले दान गरेको रगत नैं उपयोगी हुन्छ ।

हामी धेरैजसोले सानै उमेर देखी नै ‘रक्तदान–जीवनदान’ शब्दावली सुन्दै आएका छौं । कलेज पढ्नेबेला ‘द ब्लड डोनर’ पाठले मलाई पनि रक्तदान गर्न प्रेरणा दियो । मैले २० अगष्ट, १९८७ मा पहिलो पटक रक्तदान गरेको थिए । मेरो रक्तसमूह ओ–पोजेटीभ रहेछ । विश्वभर रक्तदान गर्नेहरुमध्ये १ प्रतिशतभन्दा कमले मात्रै सयौं पटक रक्तदान गर्न सकेका छन । यो अपवादको सूचीमा म पनि परेछु । मानविय सेवामध्ये सबैभन्दा ठूलो रगत दान हो भन्ने मलाई लाग्छ । मैले आजको दिनसम्म ६ वटा महादेशका १७ वटा मुलुकमा पुगेरै हजारौं युवाहरुमाझ रगतदान गरेको छु । रक्तदान गर्नुपर्छ भनेर सन्देश दिएको छु ।

यो कोरोना महामारीमा बिरामीहरू बचाउन झन बढी रक्तदान गर्नुपर्छ । अप्रिल २४, २०२० देखि, जनवरी १२, २०२१ बिच मैले २३ पटक (४ पटक रगत र १९ पटक प्लेटलेट्स) दान गरेँ । यो नौं महिनाको अवधिमा ११ लिटर दान गरेछु । यो सामान्य रक्तदान मात्र नभई असाधारण कार्य रहेछ । मेरो आफ्नै रगतले सयौं बिरामीलाई बचाउन सहयोग मिलेकोमा सन्तोष मानेको छु । अरूको जीवन बचाउन प्रयास गर्दा कुनै पनि कमजोरी महशुष भएन । त्यसैले तपाईहरुमार्फत म सम्पूर्ण युवाहरुलाई वर्षमा कम्तीमा एक पटक भए पनि रक्तदान गर्न अनुरोध गर्दछु ।

रक्तदान गर्दैमा कमजोरी भईदैन भनेर जनचेतना जगाउन सन् १९९० डिसेम्बर ५ तारिखका दिन मेरो १६ औं पटक रक्तदान गरेर नेपालमा ३१ दिनसम्म लगातार साइकल यात्रा गरेको अनुभब मसङ्ग छ । त्यसैले रक्तदान गरेमा कमजोर भइने, रिङ्गटा लाग्ने भने भ्रम मात्रै हो । रक्तदानमा जानुअघि खाना खाएको हुनुपर्छ । २४ घण्टा यता प्रशस्त तरल पदार्थ वा पानी पिउनु पर्छ । यदी शरिरमा पानीको मात्रा कम वा भोको पेट भएमा रिङ्गटा लाग्न सक्छ । कमजोरी भएको अनुभव हुनसक्छ । रक्तदान गर्न आफु पूर्ण रुपमा स्वस्थ हुनैपर्छ । रक्तदान अघि स्वास्थ्यकर्मीले रगतमा आईरनको मात्रा, रक्तचाप, नाडिको गती, शारीरिक तापक्रम आदी परीक्षण गर्छन् । स्वास्थ्य सम्बन्धि बिगतबारे सोध्छन् । रक्तदाता र बिरामीको स्वास्थ्यबारे उनीहरू सजग रहन्छ नैं ।

रक्तदान दर बृद्धि गर्न रक्तदातालाई संगठित गर्न सन् १९८९ मा ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ को संस्थापक सदस्य, सन् २००९ मा ‘ब्लड डोनर्स अफ अमेरिका’ र सन् २०१४ मा ‘इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स’ को संस्थापक अध्यक्ष भई“ काम गरे । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकाको रुवान्डामा विश्व रक्तदाता दिवस आयोजना गरेको थियो । त्यहा मुख्य वक्ता भई रक्तदान उत्प्रेरणाका कुराहरु प्रस्तुत गरे । यसरी गाउदेखी राष्ट्र हुदै अन्तराष्ट्रिय समुदायसम्म अग्रपंक्तिमा रहेरै रक्तदान बढाउन प्रयास गरे ।

अचेल साथीहरूले मलाई ‘हि ईज ब्लड डोनर’ भनी चिनाउछन् । कार्ल ल्यान्डस्टेनरले देखाएको गोरेटो हिड्दै मैले पनि धेरैलाई बच्चाउन सकेँ । अमुल्य रगत दान गरेर अरुलाई बच्चाउन प्रयास गर्नु हुने तपाईं सम्पूर्ण रक्तदाताहरुलाई विश्व रक्तदाता दिवसको अबसरमा धन्यवाद दिन चाहन्छु ।

न्यूयोर्क, संयुक्त राज्य अमेरिका
जुन १४, २०२१

वि.सं.२०७८ जेठ ३० आइतवार ०८:२३ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...