back
CTIZAN AD

बाख्रापालनले बनायो उद्यमी

वि.सं.२०७३ माघ २९ शनिवार

1.4K 

shares

goat

२९ माघ,बागलुङ  । दमेक–८ कि किसान टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीको रुपमा फेरिएको छ । पाँच वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेको छ ।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको परिवारमा नसोचेको परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको व्यावसायिक बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

“मुख्य पेसा बाख्रापालन हो, राँगो, कुखुरा पनि छ”–टुल्कीले भन्नुभयो, “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेकी छु, आम्दानी राम्रो छ ।” उहाँका अनुसार पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेका छन् । सहयोगी व्यवसायको रुपमा मौरीपालन पनि गर्दै आएको उहाँले बताउनुभयो ।

खरले छाएको सानो घर, थोरै जग्गा–जमिन भएर पनि टुल्की र उहाँको परिवार मेहनत र परिश्रमबाट टिकेको छिमेकीहरु बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”–टुल्कीले भन्नुभयो, “घरपरिवारले हामीलाई अलग्गै छुट्टयाए, ठूलो दुःख, पीडा झेल्यौँ ।”

उहाँका पति भैरवप्रसाद सापकोटा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुग्नु भएको थियो । तर विदेशमा टिक्न नसकेपछि घरमै फर्केर मजदुरी गर्दै परिवार धानेको भैरवप्रसादले बताउनुभयो । “श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्न, हलो जोत्न जान्थें”–भैरवप्रसादले भन्नुभयो, “बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन् समस्या थियो ।” पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले आफ्नो परिवारको नै मुहार फेर्नुभएको हो ।

व्यवसायलाई उहाँका पति भैरवप्रसादले पनि पूर्ण रुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरीहरु पनि परिश्रमी छन् । “छोरीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ”–टुल्कीले भन्नुभयो । स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत पनि छ । अहिले उहाँकोमा ३० वटा बाख्रा छन् । जसमध्ये आठ वटा ब्याउने छन् ।

हेफर परियोजनाले बाख्रापालनसम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्की जस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लब, बागलुङले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताउनुभयो । रासस

वि.सं.२०७३ माघ २९ शनिवार १४:०५ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...