back
CTIZAN AD

कविताः सुख जडूँ घरमा

वि.सं.२०७८ असार ५ शनिवार

828 

shares

हिमगिरि मुनिको ।
जल थल वन यो ।।
नसर न पर झन् ।
सब पथ सुख छन् ।।०१।।

घरघर सबका ।
रसमय रमिता ।।
कृत क्रम शुभ होस् ।
निज मन श्रम होस् ।।०२।।

अतिशय मनमा ।
रिपु बह जनमा ।।
जतिजति भरियो ।
त्यति सुख छरियो ।।०३।।

अलिकति युगको ।
पथ क्रमसँग भो ।।
मनतल नरको ।
सुख लयसित भो ।।०४।।

सुरसित मन यो ।
श्रम पथसँग भो ।।
सुखमय मन भो ।
अनि फल घर भो ।।०५।।

मनमति शुभ होस् ।
बह रति नरहोस् ।।
अविरल सुख होस् ।
मृदुमय मुख होस् ।।०६।।

नृपपथ पद होस् ।
जनमन मृदु होस् ।।
बह डर सबका ।
पर गर भवका ।।०७।।

खुद मन सबको ।
हित पथ जब भो ।।
विचलितपन त्यो ।
पर गर मन हो ।।०८।।

मुलुक छ गतिलो ।
मन गर रसिलो ।।
कृत पथ म बढूँ
सुख रस म जडूँ ।।०९।।

उठ सब मनुवा ।
जलसरि बगुवा ।।
गतिमय पथमा ।
फल जडूँ घरमा ।।१०।।

छन्द: मधुमती

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:१६ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...