back
CTIZAN AD

कविता: सुनगाभा

वि.सं.२०७८ असार ५ शनिवार

2.6K 

shares

सुनगाभाहरु परजीवि होइनन्
रुखका हाँगा र कापमा उम्रने गरेपनि
यिनले ऐजेरुले झैँ
आफू चढेकै वृक्षमा जरा गाडेर चुस्दैनन् वृक्ष रस

कौतुहलमय छ सुनगाभाको फूल
रंगीचंगी र मधुर वासनायुक्त

फूलहरुलाई माउबोटबाट काटेर
फूलदानीमा राख्दापनि मोहनी रुप ओइलाउदैन
रङ खुइलदैन सुनगाभाको

पहराका ठुला–ठुला ढुङ्गाका कापमा
लटरम्म फुलिरहेछन् सुनगाभाहरु
कोही रुख चढ्दै नचढेर जमिनमा फुल्छन्

ऐजेरु त वृक्षभन्दा माथि पुगेर
आफुलाई अग्लो ठान्छन्
तिनीहरु सुनगाभा झैँ भँवरा र माहुरीसंग रमाउन जान्दैनन्
भूईँ तर्फ लत्रेर फुल्न पनि जान्दैनन् ऐजेरुहरु
कहिल्यै फुलेको भए पो भन्नु

पुष्पाकृति र रङशोभाले सु–शोभित
मेरो हृदय यही सुनगाभा थियो
तिम्रो मुटुको वृक्षमा टेकेर उम्रेको भएर
लाग्ने सुनगाभा र ऐजेरु एकै खाले हुन्
तर बेग्लै रहेछ
सुनगाभा परजीवी होइनरहेछ

संगसंगै ढल्नेछन् वृक्ष ढले
सुनगाभा मृत वृक्षको मुडोमा पनि फुल्दछ उम्रेर
ओठमा रंगीन मुस्कानका साथ

केही याद यधपि छातीमा सुनगाभा सरह रहे
तर मेरो पहिचान छिप्ने गरि
फैलियो तिम्रो अपरिपक्वताको ऐजेरु
वृक्षमा चढेर उम्रने जति सबै सुनगाभा नहुनेरहेछ ।

वि.सं.२०७८ असार ५ शनिवार ०६:१७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...