back

कविता: सुनगाभा

वि.सं.२०७८ असार ५ शनिवार

1.2K 

shares

सुनगाभाहरु परजीवि होइनन्
रुखका हाँगा र कापमा उम्रने गरेपनि
यिनले ऐजेरुले झैँ
आफू चढेकै वृक्षमा जरा गाडेर चुस्दैनन् वृक्ष रस

कौतुहलमय छ सुनगाभाको फूल
रंगीचंगी र मधुर वासनायुक्त

फूलहरुलाई माउबोटबाट काटेर
फूलदानीमा राख्दापनि मोहनी रुप ओइलाउदैन
रङ खुइलदैन सुनगाभाको

पहराका ठुला–ठुला ढुङ्गाका कापमा
लटरम्म फुलिरहेछन् सुनगाभाहरु
कोही रुख चढ्दै नचढेर जमिनमा फुल्छन्

ऐजेरु त वृक्षभन्दा माथि पुगेर
आफुलाई अग्लो ठान्छन्
तिनीहरु सुनगाभा झैँ भँवरा र माहुरीसंग रमाउन जान्दैनन्
भूईँ तर्फ लत्रेर फुल्न पनि जान्दैनन् ऐजेरुहरु
कहिल्यै फुलेको भए पो भन्नु

पुष्पाकृति र रङशोभाले सु–शोभित
मेरो हृदय यही सुनगाभा थियो
तिम्रो मुटुको वृक्षमा टेकेर उम्रेको भएर
लाग्ने सुनगाभा र ऐजेरु एकै खाले हुन्
तर बेग्लै रहेछ
सुनगाभा परजीवी होइनरहेछ

संगसंगै ढल्नेछन् वृक्ष ढले
सुनगाभा मृत वृक्षको मुडोमा पनि फुल्दछ उम्रेर
ओठमा रंगीन मुस्कानका साथ

केही याद यधपि छातीमा सुनगाभा सरह रहे
तर मेरो पहिचान छिप्ने गरि
फैलियो तिम्रो अपरिपक्वताको ऐजेरु
वृक्षमा चढेर उम्रने जति सबै सुनगाभा नहुनेरहेछ ।

वि.सं.२०७८ असार ५ शनिवार ०६:१७ मा प्रकाशित

GLOBAL IME AD
कविता : को चन्द्रमा छुन्छ है ?

कविता : को चन्द्रमा छुन्छ है ?

बिमला चन्द सानू बैतडी, हाल- काठमाडौं मैलो के छ र...

कविता : रित्ता मान्छेहरु

कविता : रित्ता मान्छेहरु

निम्बतरु,अर्घाखाँची अधिक रित्ता मानिसहरू हाम्रो तिर यता लखर उता लखर...

लघुकथा: गिद्धे नजर

लघुकथा: गिद्धे नजर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर, थिमी शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा...

कविता : फूलको बिछ्यौना

कविता : फूलको बिछ्यौना

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा युरोपको पुनर्जागरण इतिहासको काल्पनिक कहानी...

मुक्तक

मुक्तक

सुनिल अधिकारी, काठमाडौं १. आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. पैँचो जस्तै सम्मान अनि, पुरस्कारको...