back
CTIZAN AD

कविताः नारी

वि.सं.२०७८ असार ५ शनिवार

639 

shares

निष्पट अध्याँरोमा नारी अधिकारको चिराग बोकी
सुनौलो सपनाहरु सजाएर हिड्छौं छातिभरी ।
सगरमाथाको उचाई बढे झै अझ उच्च बनेर
गुलावको फूलको वासना जस्तै अझ सुगन्ध छरेर ।।

हिँड्नु छ नारी अधिकारको निम्ति न्याय दिएर
पुरानो संस्कार र चलन अनि कु–संस्कार हटाएर ।
पासाङ ल्हामुले हिमाल चढिन् हामी खुसी छौं
पारिजातले सुभास छरिन् हामी आफै फैलिएका छौ ।।

हामी पनि आ–आफ्नो गाउँवस्तिबाट केही गर्न सक्छौं
धारिलो बिस्वास र हिम्मत साहस अनि आँटले देश हाँक्न सक्छौं ।
नारी बनेर जस्तोसुकै दुःख पर्दा पनि कहिल्यै हिम्मत हार्दैनौं
जस्तो सुकै परिस्थितिमा पनि सहयोगी हात अगाडि बढाउन सक्छौं ।।

देश र जनताको लागि रगत र पसिना बगाउँन सक्छौं
नारी स्वन्त्रतावादी भै अन्यायमा न्याय दिलाउन सक्छौं।
अनेक दर्दनाक पीडामा पनि नारी बाचिरहन्छन्
तर पनि हिम्मत नहारेर अप्ठ्याराहरु पार गर्दै अगाडि बढ्छन् ।।

महान अनि बिद्धान नारीहरु झुक्दैनन् कहिल्यै पनि
साहस आँट हिम्मत गरी बढ्दछन् अघि सधैभरी ।
देशलाई सधै शिरमा राखौं, सबैलाई माया ममता बाँडौ
यसैमा छ जीवनको खुसी, सेवा भाव मनमा राखौ ।।

 

 

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:१९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...