back
CTIZAN AD

कविता: सपनाका घाउहरु

वि.सं.२०७८ असार ५ शनिवार

1K 

shares

अचेल
किन हो कुन्नि ?
सपनाहरुले डस्ने गर्छन मलाई ।
भत्काइएको
पुरानो दरबार भित्रको
भित्री आँखी झ्यालबाट
भित्ताहरु नियालिरहेका छन
भत्कदै गरेका सडकका डोबहरु ।

अल्लिपर
टायरको धुवाँमा जाम सडक
विद्रोही मुद्रामा मुठ्ठी उठाइरहेका
मान्छेहरूको जुलूस
म तर्फ आउँछ
मलाई मार्न
मानौ म
राजा महाराजाको श्रीपेज धारण
पुरानो शालिक हूँ ।

एकहुल मान्छेहरु
भोकको तुईनमा उल्टो झुन्डिएर
वाँच्न विवश
मेरो गाउँमा पस्छन्
रोटीका कुरा गर्छन्
कोठिका कुरा गर्छन्
भोटिका कुरा गर्छन्
गाउँको बुढो
शिमलको फेदमा खडा भएर
रक्तिम बिहानीका कुरा गर्छन
देखाउछन उदाउँदै गरेको
कलिलो सूर्य
प्रारम्भ हूँदैछ अब
स्वर्णिम बिहानीको
व्युँझदा देख्छू
रातो झण्डा दरवार पसेको ।

वाद -प्रतिवादका पंडितहरू
गरिबको रगतले लेख्छन्
गरिब कै इतिहास
सिउँदो उजाडिएकी
चेलीको नग्न आवरण ढाक्न
कुनै क्रुरसत्ताले
खल्तीमा लुकाएको डलर झै
साँच्चिकै डलर झै
चट्ट निकाल्छन रातो झण्डा
र ओडाउँछन दोसल्ला ।

बिकास वाँड्न
हत्केलामा नक्सा कोरेर देशको
पढाउँदै थिए
सिद्धान्तका लामा डर्राहरु
थिए ! खाली पेटहरूका लाममा
केही खाली पेटहरू
इन्कलाब बोल्दै मुठ्ठी उठाई रहेका ।

वाद -प्रतिवादका पंडितहरू
गरिबको रगतले लेख्छन्
गरिब कै इतिहास
सिउँदो उजाडिएकी
चेलीको नग्न आवरण ढाक्न
कुनै क्रुरसत्ताले
खल्तीमा लुकाएको डलर झै
साँच्चिकै डलर झै
चट्ट निकाल्छन रातो झण्डा
र ओडाउँछन दोसल्ला ।

यो सपनाको चाँग माथी
सपना सपनाले चिथोर्दै गर्दा मलाई
नुहाउँदै गरेको बाथटबबाट
नाङ्गो सडकमा निस्कन्छु
र भोकको आगो
दनदनी बल्दा पेटमा
पेट भर्न कविता लेख्छू ।

श्रीमान् ।
मैले के गरेर !
किन ? सपना सपनामै
डस्ने गर्छौ मलाई
भन ! के म
कविता लेख्न छोडी दिऊ ।।

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:२१ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...