back
CTIZAN AD

कविता: विनय

वि.सं.२०७८ असार ५ शनिवार

705 

shares

भेँडाको हुल त्यो नहेर अहिले भेडा भएका कति
बस्दै त्यो हुलमा गएर किन हो भुल्दै छ साथी जति
तिम्रो त्यो दिलमा रहेन ममता हाँसेर बस्छौ सबै
रम्दै छौ कसरी भुलेर दिलले माया लुकायौ सधैँ ।।१

हिड्दै छौ अहिले डुलेर घर त्यो बैरी भएका किन
बेचे छौ धन यो हसाइ जगमा खेदो गरेका किन
टाढा भो मन त्यो बुझेन कहिले फोडेर सारा घर
जाँदै छौ कसरी भुलेर थर यो हुन्छौ सधैँ बे घर ।।२

जाँदै छौ जनका घुमेर घरमा हाँसेर बस्छौ सधै
भन्दै छौ मनले रमाइ घरमा नाँचेर बस्ने सबै
चिन्ता यो अवता भएछ जनमा छोडी नजाऊ पर
सुन्दै छौ दिलले पुकार जनको फर्केर आऊ घर ।।३

सारा प्यार भुली डुले रहरमा खोजेर सारा पद
तापै ताप बढो सबै नगरमा खोजेर राख्छौ मत
कोरोना अवता पसेर दिल त्यो मासेर बस्दे अव
पापीको तन त्यो डसेर बस है बन्ने छ सारा सब ।।४

सानाको घरमा बसेर कसरी नासेर सारा जन
नासिद्यौ गुट त्यो पसेर मुटुमा खाएर सारा तन
चिन्दै नौ मनले गएर अहिले भागेर जाऊ पर
साथीको सँगमा गएर बस है मासेर सारा घर ।।५

छन्द : शार्दूल बिक्रीडित

हालः सूर्य विनायक–३ भक्तपुर

वि.सं.२०७८ असार ५ शनिवार ०६:२३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...