back

कविता: विनय

वि.सं.२०७८ असार ५ शनिवार

276 

shares
NTC AD

भेँडाको हुल त्यो नहेर अहिले भेडा भएका कति
बस्दै त्यो हुलमा गएर किन हो भुल्दै छ साथी जति
तिम्रो त्यो दिलमा रहेन ममता हाँसेर बस्छौ सबै
रम्दै छौ कसरी भुलेर दिलले माया लुकायौ सधैँ ।।१

हिड्दै छौ अहिले डुलेर घर त्यो बैरी भएका किन
बेचे छौ धन यो हसाइ जगमा खेदो गरेका किन
टाढा भो मन त्यो बुझेन कहिले फोडेर सारा घर
जाँदै छौ कसरी भुलेर थर यो हुन्छौ सधैँ बे घर ।।२

जाँदै छौ जनका घुमेर घरमा हाँसेर बस्छौ सधै
भन्दै छौ मनले रमाइ घरमा नाँचेर बस्ने सबै
चिन्ता यो अवता भएछ जनमा छोडी नजाऊ पर
सुन्दै छौ दिलले पुकार जनको फर्केर आऊ घर ।।३

सारा प्यार भुली डुले रहरमा खोजेर सारा पद
तापै ताप बढो सबै नगरमा खोजेर राख्छौ मत
कोरोना अवता पसेर दिल त्यो मासेर बस्दे अव
पापीको तन त्यो डसेर बस है बन्ने छ सारा सब ।।४

सानाको घरमा बसेर कसरी नासेर सारा जन
नासिद्यौ गुट त्यो पसेर मुटुमा खाएर सारा तन
चिन्दै नौ मनले गएर अहिले भागेर जाऊ पर
साथीको सँगमा गएर बस है मासेर सारा घर ।।५

छन्द : शार्दूल बिक्रीडित

हालः सूर्य विनायक–३ भक्तपुर

वि.सं.२०७८ असार ५ शनिवार ०६:२३ मा प्रकाशित

ADBL AD
कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...

लघुकथा : बुढो हड्डी

लघुकथा : बुढो हड्डी

बाबुकाजी सुवाल ’विकेश निराशी’ भक्तपुर एक महिनाअघि विदेशबाट फर्केको नाति...