back
CTIZAN AD

गजल

वि.सं.२०७८ असार ५ शनिवार

666 

shares

इसाराले मलाई नै नहेरेको भए हुन्थ्यो
नयाँ पासो यतै फ्याँकी नबेरेको भए हुन्थ्यो ।

सबै साँचो भने मैले थिए मेरा कुराकानी
दया राखी यती सम्झी नखेरेको भए हुन्थ्यो ।

हलालीको म बोको झैँ तिमी मेरो हलालीमा
सिकारी कै सिकारी भै नसेरेको भए हुन्थ्यो ।

सदा तिम्रो इसारामा थिएँ झुक्दै समीपैमा
नयाँ प्रेमी तिमीले त्यो नफेरेको भए हुन्थ्यो ।

यता आयो सबै तीतो कहानी भै म सामुन्ने
तिनै पीडा यता केरेँ नकेरेको भए हुन्थ्यो ।

यती – वनमान्छे, सोक्पा

बहर:  हजज मुसम्मन सालिम

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:२५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...