back
CTIZAN AD

कविता: स्वाभिमानको धरहरा

वि.सं.२०७८ असार ५ शनिवार

858 

shares

जसरी ढल्नु कायरता हैन
ठिक त्यसैगरी उठ्नु र
अग्लिनु मात्र पनि सफलता हैन
हो त केवल सुरुवात मात्र ।

आज धरहरा जुरुक्क उठेको छ
न केवल एक्लो धरहरा
साथमा विछिप्त भै ढलेका
तमाम नेपाली मन मुटु उठेका छन्
भर्खर आफ्नो पुरानो अस्तित्वमा
फर्किएको रानी पोखरीले
स्वागतार्थ उस्लाई भनेको हुनुपर्छ
अग्ला हुनेहरूमा दम्भ देखिन्छ
जुन तिमीमा कदाचित पनि नहोस् ।
मेरो निर्मल जलधिमा तिमीलाई
हमेसा स्वागत छ ।
लग्छ उन्ले भने जस्तै
कुनै दम्भ र अग्लिनुको अहम्
पाल्ने छैन धरहरा
र सिक्ने छ सर्वोच्च शिखर सगरमाथाबाट
जो विश्वमै अग्लो भैकन पनि
केचनाहरूलाई हेय भावले हेर्ने चाह राख्दैन ।

हो,आत्मीय धरहरा !
तिमीले भुल्नुहुन्न तिम्रो जगमा
इँट्टा बिछ्याउनेहरूलाई
तिम्रो चिसो सिँढीमा
नाँगो आङ ओछ्याउनेहरूलाई
अनि भुल्नुहुन्न हिजो तिम्रा भ¥याङ
चढ्दा चढ्दै मृत्युको मुखमा पुग्न बाध्य
अनि घाइते र अपांग अर्धचेत मनहरूलाई ।

ताकी,
तिमीबाट सिकून्
खोला तरेर लौरो उतै बिर्सनेहरूले
अनि सिकून् आफू झाङ्गिएपछी
आफुभन्दा मुनिका पोथ्रालाई
गन्धे झार बराबर पनि नगन्नेहरूले
र सिकून् काँधमा चढेर माथि पुगेपछि
देश र जनतालाई चटक्कै बिर्सनेहरूले ।

प्रिय धरहरा तिमी आफ्नै
खुट्टा र आफ्नै बलबुतामा
उभिएको हेर्ने मन छ ।
जय स्वावलम्वन ।
जय स्वाभिमान ।

 

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:४१ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...