back

पाँच मुक्तक

वि.सं.२०७८ असार ५ शनिवार

390 

shares

१.
अरु भन्छन् सुख्खा बगर, म पानीको सोती देख्छु,
मैंले टेक्ने हर पाइलाको, माटोमा म मोती देख्छु ।
अरुसबै रातलाई अँध्यारोको संज्ञा दिन्छन्,
म त त्यही रात भित्र, जग्मगाउँदो ज्योति देख्छु ।।

२.
वेशकिमती पोशाक लाउँछन्, सुनचाँदीको बटम हालेर ।
मान्छेबनि हिँडछन् मान्छे, मानवता चैं कम पालेर ।
मान्छेबाटै आज मान्छे प्रताडित भएको छ,
कोही चाहन्नन् मान्छे बन्न, आफु भित्रको अहम् फालेर ।।

३.
चिथोरेर घाउपार्न, एउटै नङ्ग्रा काफी हुन्छ ।
जुनकीरीको फौज पछार्न, एउटै फट्याङ्ग्रा काफी हुन्छ ।
चाहेजति गगनचुम्बी हैसियतको किन नहोस्,
शीशमहलको सेखिझार्न, एउटै मट्याङ्ग्रा काफी हुन्छ ।।

४.
बिना पखेटा उड्ने त मन न हो ।
निर्दोष उमेर त बचपन न हो ।
भोगी हुन् वा त्यागी फरक के नै छ र ?
सबैले फोज्ने त धन न हो ।।

५.
भन्नलाई त आफ्ना हुन्छन्, रंग देखाउँछन् पराई जस्तो ।
अहोरात्र चुसिराख्छन्, पतेरा र लाई जस्तो ।
कतिपय आफ्नाहरु केवल त्यस्तै मात्रै हुन्छन्,
दुःखपर्दा काम नआउने, म्याद गुज्रेको दवाई जस्तो ।।

वि.सं.२०७८ असार ५ शनिवार ०६:४३ मा प्रकाशित

GLOBAL IME AD
कविता : को चन्द्रमा छुन्छ है ?

कविता : को चन्द्रमा छुन्छ है ?

बिमला चन्द सानू बैतडी, हाल- काठमाडौं मैलो के छ र...

कविता : रित्ता मान्छेहरु

कविता : रित्ता मान्छेहरु

निम्बतरु,अर्घाखाँची अधिक रित्ता मानिसहरू हाम्रो तिर यता लखर उता लखर...

लघुकथा: गिद्धे नजर

लघुकथा: गिद्धे नजर

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर, थिमी शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा...

कविता : फूलको बिछ्यौना

कविता : फूलको बिछ्यौना

बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा युरोपको पुनर्जागरण इतिहासको काल्पनिक कहानी...

मुक्तक

मुक्तक

सुनिल अधिकारी, काठमाडौं १. आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. पैँचो जस्तै सम्मान अनि, पुरस्कारको...