back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार ५ शनिवार

822 

shares

१.
अरु भन्छन् सुख्खा बगर, म पानीको सोती देख्छु,
मैंले टेक्ने हर पाइलाको, माटोमा म मोती देख्छु ।
अरुसबै रातलाई अँध्यारोको संज्ञा दिन्छन्,
म त त्यही रात भित्र, जग्मगाउँदो ज्योति देख्छु ।।

२.
वेशकिमती पोशाक लाउँछन्, सुनचाँदीको बटम हालेर ।
मान्छेबनि हिँडछन् मान्छे, मानवता चैं कम पालेर ।
मान्छेबाटै आज मान्छे प्रताडित भएको छ,
कोही चाहन्नन् मान्छे बन्न, आफु भित्रको अहम् फालेर ।।

३.
चिथोरेर घाउपार्न, एउटै नङ्ग्रा काफी हुन्छ ।
जुनकीरीको फौज पछार्न, एउटै फट्याङ्ग्रा काफी हुन्छ ।
चाहेजति गगनचुम्बी हैसियतको किन नहोस्,
शीशमहलको सेखिझार्न, एउटै मट्याङ्ग्रा काफी हुन्छ ।।

४.
बिना पखेटा उड्ने त मन न हो ।
निर्दोष उमेर त बचपन न हो ।
भोगी हुन् वा त्यागी फरक के नै छ र ?
सबैले फोज्ने त धन न हो ।।

५.
भन्नलाई त आफ्ना हुन्छन्, रंग देखाउँछन् पराई जस्तो ।
अहोरात्र चुसिराख्छन्, पतेरा र लाई जस्तो ।
कतिपय आफ्नाहरु केवल त्यस्तै मात्रै हुन्छन्,
दुःखपर्दा काम नआउने, म्याद गुज्रेको दवाई जस्तो ।।

वि.सं.२०७८ असार ५ शनिवार ०६:४३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...