१.
दिलको कथा
विराट महाकाव्य
आगो र पानी ।
२.
जीवन कथा
काँडालु पदमार्ग
अधुरो यात्रा ।
३.
प्रेम कहानी
बगैंचाको डढेलो
अदृश्य चोट ।
४.
यौवन वय
कल्पना र सपना
फूलको किस्ती ।
५.
नदीको धार
जीवनको अस्तित्व
दिलको गीत ।
६.
स्नेह अमृत
धरती र आकाश
आमा र बुबा ।
६.
पानीको फोका
जीवनको लहर
आँसुको गीत ।
७.
बैंस महक
अतृप्त अनुराग
व्यग्र छट्पटी ।
८.
स्वर्ग र नर्क
कर्मको हिउँचुली
प्रतीक्षालय ।
९.
नयन वाण
दिलको सनाखत
निर्मल छाल ।
१०.
देशको माटो
अटल स्वाभिमान
अमर स्मृति ।
वि.सं.२०७८ असार ५ शनिवार ०६:४६ मा प्रकाशित






























