१
काठको काम झिँजाले गर्दैन
चुरो भए बलियो काठ नत्रदाउरा न हो
दाँतको काम गिजाले गर्दै
२
थोरै नौलो पन बढ्छ बुढेसकालमा
अस्ताउने बेलाको घाम पनि त रातो हुन्छ
अनुभवको रङ्ग चढ्छ बुढेसकालमा
३
बैंसमा स्याल पनि घोर्ले हुन्छ भन्छन्
युवा अघि आए देशको मुहार फेरिन्थ्यो कि
उत्साह उर्लिएर आकाश छुन्छ भन्छन्
४
समग्रमा नै फेरौं टालटुलले हुन्न अब
पात्रहरू मात्र फेरिए प्रबृत्ति ज्यूँकात्यूँ रह्यो
सल्यक्रिया गरौं ओखतिले छुन्न अब
५
देशको अङ्ग प्रत्यङ्ग ब्वाँसोले खायो
उठ पाण्डव महारथी हस्तिनापुर जोगाउन
उज्यालो राष्ट्रिय छवि ध्वाँसोले खायो ।
वि.सं.२०७८ असार ५ शनिवार ०६:४७ मा प्रकाशित






























