back
CTIZAN AD

लघुकथा: पछुतो

वि.सं.२०७८ असार ५ शनिवार

678 

shares

जसोतसो जहान बच्चालाई दुईछाक जुटाँउदै आएका दिलाराम शर्मा हिजो ओछ्यानमै मृत अवस्थामा भेटीए, आज कमायो आजैखायो गर्नुपर्ने गरिबका घरमा अन्नको गेडोछैन । तिनवटा भल्ट्यांग भुल्टुंग छोराछोरी, दुःखले बल तागत खाएकी लुईरी परेकी श्रीमति गहभरि आँसु बोकेर भोलीका कालादिनहरूको तस्वीर आँखामा खेलाईरहे जस्ता देखिन्थे ।

गाँउलेहरू भेलाभए कसैले कात्रो, कसैले दाउरा, कसैले बाँस, आदी ईत्यादी जुटाउने सल्लाह गरे । अव दाहसंस्कार गराँउदा गर्नुपर्ने विधि विधानका लागि पुरोहितको खोजी गरियो ।

जो पनि भेटीन्छन् कस्को लागि ? भनेर सोध्छन । दिलारामको नाम लिने वित्तीकै ए ला ! हौ म ता अन्तै पो बुक भैसकेको छु त हौ भन्छ । पर्नु आपत पर्यो । वल्ल वल्ल लुरे बाजेलाई समातेर लु बाजे ! सारै आपत पर्यो । जे भए पनि तिमी बाहुनकै छोरो हौ जस्तो जान्दछौ त्यस्तै गर्देउ भनेर लुरेबाजेलाई फकाईयो । विचरा लुरेबाजे गरिव पनि थिए । सोझा र सरल पनि थिए । उनले अफ्ठ्यारो नमानी ल है मलाई त्यो गरिबको काजक्रिया गराईदिने अवसर दिनुभयो जे भएनि एउटा पुण्य कमाउने अवसर त पाएँ भन्दै खुसिपनि व्यक्त गरे ।

फेरि आज लगत्तै गाँउमा अर्का धनाड्यमा कहलिएका रत्नमणी बा को निधन भयो । त्यहाँ एक से एक बाँहुनहरू आ–आफैं हाँफ र झाँपगर्दै लु यता यस्तो गर उता उस्तो गर भन्दै एक अर्कामा प्रतिस्पर्धा गरेको देखियो । हिजो बुक भएका सबै खाली बसेको देखियो । धर्मानन्द बाजेले अभिभारा पाए । अरू कालो मुखलाएर घोसेमुण्टो परे ।
यता दिलारामको काजक्रिया शुरुभयो । गरिब दुःखी भनेर टाडा टाडादेखि सहयोग आउन थाल्यो । कसैले नगद,कसैले अन्न दिदाँदिदै त्यो परिवारलाई बर्षदिनलाइ पुग्ने अन्नपात भयो । एउटा संस्थाले काजक्रियाको सम्पुर्ण खर्च बिहोर्ने अभिभारा लियो ।

लुरेबाजेलाई पनि गरिब र सोझो बाहुन देखेर राम्रै दान दक्षिणा दिईयो । लुरेबाजेको दान दक्षिणा देखेर हिजो पन्छिनेहरू भने ‘नाफा खाने सुदको साँउपनि फुत्को ।’ भन्दै आफैंलाई धिक्कारी रहेका थिए ।

शब्द र अर्थ 
सुद – व्याज
साँउ– साँवा रकम,मुल रूपैयाँ ।

 

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:४९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...