back
CTIZAN AD

कविता: सन्नाटा !!

वि.सं.२०७८ असार ५ शनिवार

1K 

shares

मसिनो
झम्झम झरी
हरिया पातका रेसामा
पाइला टेकेर
टल्पल!टल्पल !!
अनुपम सौन्दर्यको शरीर
तप्प ! तप्प !! चुहुदै गरेका
शीतका थोपाहरू !
बुट्टेदार गाढापनले तगेर
विस्फारित बादलका सिरकहरू
भित्री रहस्यका असङ्ख्य
असबाफ
हरिया झुम्का हल्लाउँदै
तल तल झर्दै
र माथि माथि उचालिदै
घरी नुहेका
घरी उभिएका दृश्यमा
ढाँडभित्र
सङ्गीतका बाँसुरी बजेर
चट्टानको आँतआँत
कुल्कुलिदै
र ढुल्मुलिदै
अनन्त दौडिरहेका
झर्नाका गतिशील स्पर्शमा
डुबुल्किदै
र फेरि शिर उचाल्दै
आलिङ्गनाबध्द पिपिराहरू !
इन्द्रधनुषी पटुकी
बाँधेर कम्मरमा
–हिमालका फेदबाट
–पहाडको खोँचबाट
–मनको नपुरिने गहिराइबाट
–अन्तर रहस्यको अविदित गर्तबाट
शिखरारोहित भएका
बाँसबा टुप्पाहरू !
सुटुक्क नुहुन्छन् चुम्मा गरेर
सागर दौडिरहेकी जलप्रेमिकासँग
ऊर्जा भरेर
उन्मुक्त यात्रा
शिखर शिर उचालिरहेछन्
शावकहरूका जुलुस
चुरुम्चुरुम चरेको घाँस चेप्दै
ओठबाट चुहेका
खुशीका रालहरूमा
स्रष्टा ! मयूरसँग नाँचेर
डाँफेका पाइताला हिडरहेछन्
निःसारलाई
सर्वसारमा परिणत गर्दै
न देश छ त्यहाँ
न सीमाहरू छन्
न सत्ता छ त्यहाँ
न छुद्र शासकहरू
न श्रृङ्गार छ त्यहाँ
न कतै रोगी करुपहरू
गतिशील अथाह
पारावारको संसार
सहज सौन्दर्यको
स्निग्ध सुकोमल
निस्कलङ्क अविदित
रहस्यको कुल्कुलाहट
सन्नाटा !!
जहाँ
हाहाकार मृत्युसँग
लुकामारी खेल्छ निरन्तर !!
कोलाहल चितामा
जलिरहन्छ निरन्तर !!
मात्र अविदित
इन्द्रधनुषी पटुकी लपेटेर
पिपरामा पलाउँदै
उन्मुक्त
उत्ताल तरङ्गका खेल
खेल्छ झर्नाकी जलपरीसँग
टुप्पो नुहेर बाँसबाट
चुम्बा प्रसारित हुन्छ
शिखर सम्म
शिखरदेखि अनन्त रहस्यको
गाढा गहिराइसम्म !!

वि.सं.२०७८ असार ५ शनिवार ०६:५० मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...