back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ असार ५ शनिवार

765 

shares

१,
लालची बनी पैसातिर, ढल्किन सक्छ,
हैवान बनी वैंश माथि, सल्किन सक्छ,
मान्छेले मान्छे हुन, जानेन भनेदेखि,
जति नै ठूलो भए पनि, हल्किन सक्छ ।
२,
नेतामा मपाईँ बन्ने, होड छ यतिखेर,
निकम्माहरुको, गठजोड छ यतिखेर,
परिस्थिति यसरी,जकडिएर गयो कि,
राजनीतिमा संगिन,मोड छ यतिखेर ।
३,
निष्पक्ष न्यायालय, अख्तियार चनाखो हुनुपर्छ,
जनताको दुःखमा, सरकारको आँखो हुनुपर्छ,
समाजवाद भनेको, नेताले मात्रै हसुर्ने हैन,
भोका जनताले पनि, पेटभरि खाको हुनुपर्छ ।
४,
पानीले चिउँडो, नाघ्दैछ ख्याल गर,
बिस्तारै जनता, जाग्दैछ, ख्याल गर,
रगत सँग साटेको हो, गणतन्त्र,
रगतले न्याय, माग्दैछ ख्याल गर ।
५,
जनता छदैछ, साह्रो गाह्रोमा के छ र ?
पत्याई हाल्छन् भोट, चारोमा के छ र ?
कर्ममा लेखेरै ल्याएका,रैछौ उक्क्राँस हो,
आओस् कि नआओस्, पानी धारोमा के छ र?

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...