९ जेठ, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीका ३ जना र अर्घाखाँची तथा रोल्पाका १/१ गरी पाँच जनाको मृत्यु भएको हो ।
गौतमका अनुसार सन्धिखर्क अर्घाखाँचीका ७८ वर्षीय पुरुषको आइसीयुमा उपचारका क्रममा सोमबार बिहान ९ः३० बजे मृत्यु भएको छ । जेठ २९ गते संक्रमण पुष्टि भएका उनी सोहि दिन अस्पताल भर्ना भएका थिए ।
सुनवल ६ नवलपरासीका ३६ वर्षीय र बर्दघाट नवलपरासी ४ का ४५ वर्षीय पुरुषको पनि आइसीयुमै उपचारका क्रममा सोमबार मृत्यु भएको छ । साथै वर्दघाट १ का ६६ वर्षीय पुरुषको पनि मंगलबार आइसीयुमै उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी सुनीलस्मृति ३ रोल्पाका ५९ वर्षीय पुरुषको पनि आइसीयुमै उपचारका क्रममा बुधबार बिहान ५ः२९ मा मृत्यु भएको छ । जेठ २९ गते संक्रमण पुष्टि भएका उनी असार ३ गते अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।
वि.सं.२०७८ असार ९ बुधवार १४:०१ मा प्रकाशित






























