९ असार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नेदरल्याण्ड्सको ले जारी गरेको ‘राष्ट्रिय महाधिबेशन नवौं अधिबशन आउदो ११ जुलाई २०२१ आइतवारका दिन हुँदैछ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचन समेत गर्नेछ । निर्वाचन नजिकँदै गर्दा कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी घोषणा सुरु भएका छन् ।
संचालन सम्बन्धि नियमावली २०२१’ अनुसार, राष्ट्रिय महाधिबेशनको मिति भन्दा एक महिना अगाडी पंजीकृत सदस्य बनि सक्नु पर्ने वैधानिक प्रावधान अनुसार, यहि ०५/०६/२०२१ सम्म पंजीकृत सदस्य बनि सक्नु पर्ने समयसीमा तोकिएकोले निर्धारित समय भित्र पंजीकृत सदस्यता लिन आग्रह गरिएको छ ।
यसैक्रममा गैरआवासीय नेपाली संघ नेदरल्याण्डको २०२१ देखि २०२३ सम्मका लागि अध्यक्ष पदमा पदम क्षेत्री(रामचन्द्र) र मिम पूर्जाले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले अध्यक्ष पदको आफ्नो उम्मेदवारीका लागि आ–आफ्नो एजेण्डा सार्वजनिक सञ्जालमार्फत घोषणा समेत गरिरहेका छन् ।
अध्यक्षका उमम्मेदवार पदम क्षेत्रीले समाजको भावना र आवश्यकतालाई मनन गर्दै नेपाली समाज नेदर्ल्याण्डको सामाजिक,आर्थिक र मानविय कार्यमा एनआरएनएले आफ्नो कार्यकालमा प्रमुख भूमिका निर्वाह गर्ने छ भन्ने कुराको प्रतिबद्धता व्यक्त गरेका छन् । संघलाई पुर्वाग्रह रहित बनाउन सामाजिक नेत्रित्वे चयन गर्नु पर्दछ भन्ने कुरामा आफ्नो अडान रहेको बताएका छन् ।
क्षेत्री पर्बत समाज नेदरल्याण्डसका सल्लाहकारका हुन् भने उनी नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेदरल्याण्डस शाखा प्रमुख समेत हुन् ।
एनआरएनए नेदर्ल्याण्डसको अध्यक्षमा मेरो उमेदबारी भन्दै पदम क्षेत्री लेख्छन् :-
“गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको स्थापना काल देखिनै आबद्ध भएर बिभिन्न काल खण्डमा बिभिन्न भूमिकामा रहेर सेवा गर्ने अवसर मिल्यो । यस अभियानमा जोडीएर सबैसँग हतेमालो गर्दै गैरआवसिय नेपालीहरुको हक र हितमा काम गर्न पाउँदा अतिनै गौरवको महसुस गरिरहेको छु । जब मलाई पक्षघातको बिमारले हान्यो तत पश्च्यात मेरो लाइफमा अचानक गम्भिर परिवर्तन आयो । बाच्ने आशै नभएको अवस्थाबाट पनि नयाँ जीवन पाउन सफल भए । तपाईंहरुको माया र आशिर्वादले म अहिले यहाँसम्म आउन सफल भएको छु । मेरो अंमुल्य समय पनि समाज सेवामा नै समर्पण गर्ने अठोट लिएको छु । मेरो उमेदबारीताको सम्बन्धमा मैले मेरो घरपरिवार, साथीभाइ तथा अग्रजहरु सबैसँग सल्लाह र सुझाव र समर्थन लिएर मात्र अगाडि बढेको हुँ । संघको नेत्रित्व गर्ने मेरो आन्तरिक इच्छा र गहिरो चाहना भएकोले नै मैले उमेदवार दिने निर्णय गरेको जानकारी गराउँदै यस अभियानमा यहाँहरुबाट मलाई पूर्ण सहयोग र समर्थन रहनेछ भन्ने कुरामा बिश्वास्त छु ।
गैरआवासिय नेपाली संघ एक साझा संस्था भएकोले यस संस्थामा समाजका सबै तह र तप्काको प्रतिनिधित्व हुनु पर्दछ भन्ने मेरो धारणा छ । सामाजिक संस्थामा राजनीतिक हावी बढि भयो भने संघ धुर्बिकरणमा पर्दछ । यसमा गुनासो पनि धेरैको आइरहेको अवस्था हामीले पटक पटक सुन्नु परिरहेको छ । संघलाई पुर्वाग्रह रहित सामाजिक नेत्रित्व चयन गर्नु पर्दछ भन्ने कुरामा मेरो अडान रहने छ । एनआरएनए नेदर्ल्याण्डले कसैलाई काखा र कसैलाई पाखा नगरि सबैको समान अस्तित्व कदर गरि आपसी सद्भाव, हार्दिकता र सबैको अपनत्व रहने गरि संघको ब्याबस्थापन गर्नु पर्दछ । एक सभ्य र सम्मानित समाज जगेर्ना र निर्माणमा सबै जुट्नु र हातेमालो गर्नु हुने छ भन्ने सन्दर्भमा पनि म पूर्ण बिश्वास्त छु ।
संघका अन्तरराष्ट्रिय एजेन्डाहरुमा पनि एन सि सि नेदर्ल्याण्डले नजिक बाट साथ दिंदै बिभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै लक्ष्य प्राप्तिको लागि अगाडि बढ्न सक्ने कार्यसमितिको निर्माण होस भन्ने मेरो अर्को भनाइ छ । संघले लगभग दुई दशक पार गरि सक्दा संघका नँया चुनौतीहरु पनि थपिदै गरेका छन । समाजको भावना र आवश्यकतालाई मनन गर्दै नेपाली समाज नेदर्ल्याण्डको सामाजिक,आर्थिक र मानविय कार्यमा एनआरएनएले प्रमुख भूमिका निर्वाह मेरो कार्यकालमा गर्ने छ भन्ने कुरामा पनि प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।
म, नेपाली जनसंपर्क समितीका निबर्तमान अध्यक्ष र गैरआवसिय नेपाली संघका नेदेर्ल्याण्डसका संस्थापक सदस्यको, हैसियतले पनि नेपाली समाजलाई नजिक बाट चिन्ने र सेवा गर्ने मौका पाए । गत २०१९(२०२१ को कार्यकालमा पनि सर्वसम्मत कै रुपमा एनआरएनए नेदर्ल्याण्डसको अध्यक्षको उमेदबार बनेको थिए तर निर्वाचनको प्रकृया कै क्रममा दुर्भाग्यबस पक्षघातको बिमारले मलाई हान्यो र त्यस जिम्बेवारि बाट बाहिरिनु पर्यो । भगवानको कृपा र यहाँहरुको आशिर्वादले दुईवर्षको अन्तरालमा मेरो स्वास्थ सुधार अकल्पनिय रुमपा हुँदै आइरहेको हुँदा म व्हील्चेएरबाट पनि नेपाली समाजको सेवा गर्ने दृढ इच्छा तथा संकल्पका साथ अग्रजहरु, संघसंस्थाहरु र जनमानसहरुको राय सल्लाह, सुझाव साथै समर्थन जुटाएर उमेदबार घोषणा गर्ने निर्णय गरेको छु । सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरुको माया ममता पाइनै रहेको अनुभुती गर्दै तपाईंहरुको सहयोग र साथको ठुलो अपेक्षा राख्दै सबैको साझा र संयुक्त उमेदबारको रुपमा उमेदवारि धोषणा गर्न चाहन्छु ।”
‘एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा’
आगामी २ वर्षका लागि विशिष्ट लक्ष्यहरु र दिर्घकालिन योजनाका केही आधारभुत एजेण्डा सहितको कार्ययोजना ल्याउने बाचाका साथ पूर्जाले उम्मेदवारी घोषणा गरेका हुन् । ‘एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जा’ भन्दै भन्दै आम नेपाली समुदायलाई सहयोगको लागि हार्दिक अनुरोध गरेका छन् ।” समाजसेवी मिम पुर्जा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय महासचिब हुन् ।
गैर आवासीय नेपाली संघ नैदरल्याण्डसको अध्यक्षमा उम्मेद्वारी घोषणा भन्दै मिम पुर्जा लेख्छन् :-
समआदरणिय नैदरल्याण्डवासी सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,
एनआरएनए नैदरल्याण्डको आगामी अधिवेसन ११ जुलाईमा हुन गैरहेको यहाँहरु सवैलाई सर्ववितिै छ । अग्रजहरु र सकल नेपाली समुदायले संस्थालाई पुर्याउनु भएको योगदानलाई उच्च सम्मान गर्दछु । यद्यपी धेरै कुरा भएका छन् तरपनि धेरै कुरा गर्नु पर्ने पनि भएको हामी सवैले महसुस गरेको विषय हो ।
एनआरएन नेदरल्याण्डलाई कुनै दल विषेश, समुह विषेश, क्षेत्र विषेश र जातिय विषेश भन्दा पनि सवै गैर आवासीय नेपालीहरुको अपनत्व महसुस गर्न सक्ने एनआरएन बन्न सकेको छैन । यस संस्थालाई कुनै एक अमुक समुहले यो या त्यो तरिकाबाट आफ्नो अनुकुल प्रयोग भै रहेको नेपाली सुमदायको गम्भिर चिन्ता र चित्त दुखाईको विषय बनेको छ । यो प्रवृतिको अन्त्य पनि मेरो ध्येय हो ।
गैर आवासीय नेपाली संघको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षज्यूहरु, एनआरएनए आइसीसी सदस्यहरु र विभिन्न क्षेत्रिय, सामुदायिक र राजनैतिक आधारित संस्थाहरु, र समाजका अग्रज समाजसेवीहरु र स्वतन्त्र व्यक्तिहरुको विशुद्ध सामाजिक एनआरएन बनाउनको लागि मेरो नेतृत्वलाई समर्थन रहेको उहाँहरुको सहयोग र सद्भाव र विश्वासमा उम्मेद्वारी घोषण गरेको यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु ।
विभिन्न पेशामा विषेशज्ञता हाँसिल गरेका, सवै समुदाय, क्षेत्र समेत्दै समाजमा केहि गर्ने इच्छ्या र क्षमता राख्ने मित्रहरुलाई संलग्न गराई समावेसी समुह बनाउने र आगामी २ वर्षका लागि विशिष्ट लक्ष्यहरु र एनआरएनए नैदरल्याण्ड्सले गर्न सक्ने दिर्घकालिन योजनाका केही आधाभुत एजेण्डा सहित केहि दिनमा कार्ययोजना र समुह घोषणा गर्ने छौं ।
आगामी २१ २३ का लागि मैले मेरो नेतृत्वलाई निर्विवाद देखेको छु । र सर्वसहमतिमा कार्यसमिति र कार्ययोजना बनाउनका लागि सवैमा विनम्र अनुरोध गर्दछु । यद्यपी अन्य मित्रहरुको संस्था प्रति केहि गर्छु भन्ने भावानालाई पनि सम्मान गर्दछु । हामीले जानेको लोकतन्त्र पनि यहि हो । आम सहमति हुन नसकेमा लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्दै निश्पक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रकृयालाई पनि सहज स्वीकार गर्दछु ।
आम समुदायको विश्वास रहेमा नेतृत्व गर्दै संस्थालाई एउटा उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु । प्रतिकुल नतिजा आए पनि गुण र दोषको आधारमा आउने नेतृत्वलाई सहयोग र आलोचना गर्ने नै छु ।
अन्तमा ‘एनआरएनमा नयाँ मार्ग नयाँ उर्जा, एक पटकलाई मिम पुर्जाू’भन्दै आम नेपाली समुदायलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
मिम पुर्जा
अध्यक्षको प्रत्यासी
गैर आवासीय नेपाली संघ नैदरल्याण्ड
वि.सं.२०७८ असार ९ बुधवार १३:४९ मा प्रकाशित



























