९ असार, काठमाडौँ । सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । अब बैंकको ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ मा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असार ६ गते देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सो मध्ये ३० करोड रुपैयाँ बराबरको ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
वि.सं.२०७८ असार ९ बुधवार १४:१५ मा प्रकाशित




























