back
CTIZAN AD

पर्सागढीमा पुग्यो एनआरएनए अफ्रिकाको अक्सिजन सिलिन्डर सहयोग अभियान

वि.सं.२०७८ असार ९ बुधवार

687 

shares

९ असार, पर्सागढी, पर्सा । एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहयोग अभियानले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

उक्त सहयोग एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितीहरुको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित भाङ्गरले पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादबलाई एक बिशेष समारोह बिच हस्तान्तरण गरेका हुन् ।

No description available.

हस्तान्तरण कार्यक्रमका मेयर यादवले मधेशको ग्रामीण क्षेत्रका जनताहरुलाई एनआरएनएले सम्झेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष समशुद्दिन साह देवानको सभापतित्वमा सम्पन्न भएको थियो भने सो अवसरमा स्वास्थ शाखा प्रमुख योगेन्द्र पञ्जियार, डा. रन्जन सिंह, उमेश शाह, वार्ड सदस्य शेख फैयज, अच्छेलाल यादव, अनिलकुमार तिवारी, सरिता घिमिरे र किर्ती अग्रवाल भाङ्गर लगायतको उपस्थिति रहेको थियो ।

No description available.

एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाको संयोजनमा भएको सहयोगमा एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री, जाम्बिया, तान्जिनिया र नाइजेरिया एनसीसीहरुको साथै अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको आर्थिक सहयोग रहेको छ ।

No description available.

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियानले बारा, पर्सा, चितवन, इलाम, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, गुल्मी, स्याङ्जा, पाल्पा, अछाम, कैलाली, मुगु र जुम्ला जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यकेन्द्रमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री यस अघि हस्तान्तरण गरिसकेको छ भने बाजुरामा सहयोग पुग्ने क्रममा छ ।

वि.सं.२०७८ असार ९ बुधवार १४:५० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...