९ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । लगानीकर्ताले बिहीवारबाट यस ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।
बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
वि.सं.२०७८ असार ९ बुधवार १५:०२ मा प्रकाशित




























