back
CTIZAN AD

माधव नेपाललाई शान्ता चौधरीको खुल्ला–पत्र : कमरेड, पतनको बाटोमा नजानुस् !

वि.सं.२०७८ असार १४ सोमवार

675 

shares

असार १४, काठमाडौं । नेकपा (एमाले)को केपी शर्मा ओली पक्षीय नेतृ शान्ता चौधरीले कारबाहीमा परेका नेता माधवकुमार नेपाललाई पत्र लेख्दै पार्टीमा फर्किन आग्रह गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत खुल्ला पत्र लेख्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

नेता नेपाललाई ‘सीपी मैनाली’को पथमा नहिँड्न सुझाएकी छिन् । उनले कांग्रेससँग सहयोग मागेर राजनीतिक भविष्य नहुने पनि सुझाब दिएकी छिन् । कांग्रेससँगको मित्रता अन्ततः पतनको बाटो भएको उनको भनाई छ ।

चौधरीले खुल्ला पत्रमा माधव नेपाल कांग्रेसको जालमा निस्कनै नसक्ने गरि फसको टिप्पणी गरेकी छिन् । उनले कांग्रेसको बुई चढेर एमालेभन्दा ठूलो हुन्छु भन्ने नसोंच्न पनि सुझाएकी छिन् ।

यस्तो छ चौधरीको खुल्ला–पत्र

आदरणीय कमरेड माधव नेपाल
हार्दिक अभिवादन ।

नेकपा (एमाले ) को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो , श्रद्धेय हुनुहुन्थ्यो ।

हेर्दा हेर्दै यति ठुलो बिचलन तपाईंमा देख्न पर्‍यो । फँस्नु भयो कमरेड फँस्नु भयो तपाईं । निस्क्नै नसक्ने गरि कांग्रेसको जालमा पर्नु भयो ।
शेरबहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरि शेरबहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताईदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमाले भन्दा ठुलो पार्टी बनाई दिने, वा कमरेड वा तपाईं सपना !

यो स्ट्याटस सुरक्षीत होस्, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस्, पछि मलाई देखाउनु होस्, म चुनौती दिन्छु । निर्वाचन पछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।

कांग्रेसलाई आफैंभित्र सकस हुनेछ , आफ्नै पार्टीभित्रको गुटका लागि टिकटकाे भागबन्डा मिलाएर वितरण गर्न उसलाई आफैलाई सकस हुनेछ ।

तपाईंको पार्टीलाइ कांग्रेसले भाग छुट्याई दिने , प्रचण्डलाई छुट्याईदिने , बाबुराम उपेन्द्रलाई छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताई दिने , वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्बाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा .. भो कमरेड भो , पतनको बाटो नजानुहोस् ।

वि.सं.२०७८ असार १४ सोमवार १३:४५ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...