back
CTIZAN AD

वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा

वि.सं.२०७३ फागुन ३ मंगलवार

801 

shares

३ फागुन,बैतडी। वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् ।

श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् ।

केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयुक्त रुपमा सो बाटो उद्घाटन गरेका थिए ।

विगत पाँच वर्षदेखि रोजगारीका लागि भारतमा रहेका १२ जना युवाले विजयसिंह विष्टको अध्यक्षतामा युवा रिसोर्स सोसाइटी गठन गरी मासिक रु ३२० का दरले पैसा जम्मा गर्दै आएको सोसाइटीका सचिव गणेशसिंह विष्टले जानकारी दिनुभयो ।

सोसाइटीका संयोजक हरिस विष्टले विदेशमा बसेर पनि आफ्नो गाउँका लागि केही गर्न सकिन्छ भनेर युवामा सकारात्मक सोचको विकास गर्नका लागि सामाजिक कार्य गरिएको बताउनुभयो ।

सन् २०११ को नोभेम्वरमा गठित सो सोसाइटीले हालसम्म करिब रु चार लाखसम्म जम्मा गरिसकेको र थप सामाजिक कार्य गर्ने योजना रहेको जनाइएको छ ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०७:३६ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...