back
CTIZAN AD

हाइकु\सेन्युहरु

वि.सं.२०७८ असार २६ शनिवार

1.1K 

shares

१.
लालीगुँरास
मगमग बासना
मनै प्रसन्न ।
२.
मानिस चोला
नाटकको मञ्चन
पृथ्वीलोकमा ।
३.
जुरेली चरी
प्रियतमको खोजी
ब्याधा शिकार ।
४.
जुनेली रात
प्रियतमको साथ
मिठो मुस्कान ।
५.
लेक र बेँसी
हलो कोदालो साथ
खेती किसानी ।
६.
साँझको बेला
झ्याँउकिरी करायो
पानी पँधेरी ।
७.
अँधेरी रात
बहकिएको मन
आँसुका ढिका ।
८.
कोरोना त्रास
फैलाउँदै गाउँमा
बिक्षिप्त मन ।
९.
शरद ऋतु
सुशाउँछ झरना
मनै फूरूङ्ग ।
१०.
प्रेमको बाचा
जातियता संंस्कार
हिंंस्रक घटना ।
११.
प्रियाको स्नेह
छिपेको छ छातीमा
समुुुन्द्र पारी ।
१२.
झमक्कै साँझ
बालबच्चा छन् भोकै
बाआमा मेला ।
१३.
धनी गरीब
बिचमा छ खाडल
पुरिनै गाह्रो ।
१४.
आमाको माया
निस्वार्थ छ भावना
प्रेम अगाध ।
१५.
मान्छेको चोला
कर्कलाको हो पानी
तप्लक्क झर्छ ।

 

 

वि.सं.२०७८ असार २६ शनिवार ०७:१४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...