back
CTIZAN AD

नारायणकाजीको दिल्ली भ्रमण र त्यसपछिका तरंग

वि.सं.२०७३ फागुन ५ बिहीवार

930 

shares

nilkantha-tiwari

आफ्नो स्पष्ट विचार राख्ने क्रममा उनले आफ्नो लाभका लागि जहिले पनि भारत गुहार्ने प्रवृत्ति नेपालका लागि घातक रहेको टिप्पणी गरेको कुरो पनि मेडियाले सार्वजनिक गरेका छन् । यदि यो उनले बोलेका हुन भने त्यो फोरुम ठिक नभएको चाहि भन्नैपर्छ । उनले त्यो विषय नेपालको आन्तरीक रुपमा र शीर्ष तहमा राख्नु पर्दथ्यो ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हालै गरेको दिल्ली भ्रमण तथा उनले सार्वजनिक गरेको अभिव्यक्तिको विषय नेपाली राजनीतिमा हट केक बनिरहेको छ यतिबेला । भारतीय संस्थापनका इन्द्रियमा एउटा झट्का प्रवेश गरेको अनुभुति समेत गरिदैछ ।
उनी बाहेक ठूला पार्टीका अन्य कोही नेताले त्यति बोल्ने आँट गरेको भए बासुरी–नगरा र ढोलक सहित सय किलोको माला तयार गरिन्थ्यो होला, वा नागरिक अभिनन्दनका श्रृखंला बनाएर देशका सबै ठाउँमा कार्यक्रम पनि बन्थे होलान् । तर, नारायणकाजी श्रेष्ठ त्यति विघ्न चाहना गर्ने नेता होइनन् र त्यसो गर्नैका लागि दिल्लीमा बोलेका पनि होइनन् र देशको पक्षमा बोल्दासाथ देउतै मान्नुपर्छ भन्ने कुरा पनि होइन । तर, देशका पक्षमा जनताको आवाज बोल्नेहरु जो कोहीलाई पनि उत्साह र हैंसेको माला पहि¥याउन भने हामी चुक्नु हुँदैन ।
केही समय यता नेपाली राजनीतिमा “लम्पसारवाद” शब्दावली बढि प्रयोग हुने गरेको छ । भारतीय शाषक सामु लम्पसार पर्दै जस्तोसुकै गठबन्धन गरेर पनि सत्ताको डाडुपन्यु लिइरहने मनोवृत्तिलाई लम्पसारसँग जोडिएको देखिन्छ । यस्तो परिस्थितिका वीच सत्तारुढ दलका एक प्रभावशाली नेताले उनीहरुकै केन्द्रमा गएर जुन कुरा बोलेका छन त्यसले नेपालभित्र आन्तरिक रुपमा र बाह्यरुपमा खासगरी भारततिर तरंग श्रृजना गरेको छ ।

आफ्नो आन्तरिक संगठनात्मक कामका सिलसिलामा दिल्ली पुगेका नेता श्रेष्ठले ४ दिने भ्रमणको अन्त्य अन्त्यमा जवाहरलाल नेहरु विश्वविद्यालयमा पुगेर जुन कुरा स्पष्ट राखे त्यसले आम नेपालीको मनोबल उठाउन थोरै भए पनि मद्दत पु¥याएको छ ।

नेपालप्रतिको बुझाइमा भारतीय शाषकवर्गको खोट रहेको कुरो प्रष्ट राख्दै उनले भारतलाई बुझ्ने कुरामा नेपालको कुनै अष्पष्टता नरहेको कुरा मेडियाहरुले सार्वजनिक गरेका छन् । जेएनयूको अन्तराष्ट्रिय सम्बन्ध विभागद्धारा आयोजित उक्त कार्यक्रममा नेता श्रेष्ठले “भारतको विरोधमा नेपाल कहिल्यै नगएको र जानै आवश्यक नरहेको” बताउँदै विश्वसामु दुई छिेमकीको असल उदाहरण दिन नेपाल प्रयत्न रहेको समेत उनले बोलेको जनाइएको छ । सडकवाजी र चर्को भाषण तथा उत्तेजनाले सम्बन्ध सुदृढ गर्न नसक्ने एवं हिनता ग्रन्थी र खुसामदको तरिकाले सम्बन्ध्लाई सहि दिशामा अगाडि नबढाउने कुरालाई उनले प्राथमिकताका साथ राखेको पनि मेडियाहरुमा आएको छ । भारतले स–साना कुरामा हात हाल्न खोजेर नेपालीको मनोविज्ञानमा नकारात्मक प्रभाव पु¥याएको तथा त्यसो नगर्न अनुरोध गर्दा भारतको विरोध भनेर बुझ्ने गरेको कुरा पनि उनले स्पष्टसँग खुलाएको जनाइएको छ । भारतले त्यसो गरेर नेपालको पहाड, हिमाल, तराइ वा मधेशका कुरामा अलग अलग धारणा नबनाइदिएको भए नेपालको राजनैतिक गत्यावरोध पहिले नै सुल्झिने कुरा पनि नेता नारायणकाजी श्रेष्ठले राखेको बताइएको छ ।

भूकम्पले थिलो–थिलो पारिरहेको बेला संविधान जारी गरेर नयाँ कोर्षमा हिड्न खोजेको छिमेकीलाई भारतले राम्रो व्यवहार गर्न नसकेको कुरा राख्दै संविधान जारी गरेपछिको नाकाबन्दी तथा मधेशवादी दलहरुलाई तुरुपको रुपमा प्रयोग गर्न खोजिरहेको र चीनसँगको पारवाहन सन्धीमा भारतले टाउको दुखाउनु कुनै आवस्यकता नरहेको जस्ता कुरा नेता श्रेष्ठले धक फुकाएरै राखेको जनाइएको छ । त्यसबाहेक उनले कोशी व्यारेजमा निश्चित समयका लागि राखिएको गैरकानुनी फिल्ड कार्यालय राखिरहनुको मतलबका विषयमा पनि आपत्ति जनाएका छन् ।
आफ्नो स्पष्ट विचार राख्ने क्रममा उनले आफ्नो लाभका लागि जहिले पनि भारत गुहार्ने प्रवृत्ति नेपालका लागि घातक रहेको टिप्पणी गरेको कुरो पनि मेडियाले सार्वजनिक गरेका छन् । यदि यो उनले बोलेका हुन भने त्यो फोरुम ठिक नभएको चाहि भन्नैपर्छ । उनले त्यो विषय नेपालको आन्तरीक रुपमा र शीर्ष तहमा राख्नु पर्दथ्यो । र यस सम्बन्धमा जनस्तरबाट ठूलो बहश र दबाब बढाउन जरुरी पनि देखिन्छ । भारतीय नेताहरुसँग गम्भीर छलफल गरेर राष्ट्रको सार्वभौमिकता र हीतका पक्षमा नेपाल–भारत सम्बन्ध सुदृढ पार्ने स्पष्ट दृष्टिकोण र धारणा उनीबाट राखे लगत्तै केही मेडियाहरुले भारतीयहरुबाट भएको अपमानको विरुद्धमा आक्रोश पोखेको भन्दै विषयलाई अन्यथामा मोड्न पनि खोजेका छन् । तर, त्यो यसअर्थमा सहि छैन की उनले भारतका जुन नेतासँग भेटेका छन, दिल्ली दूतावासका कर्मचारीको प्रत्यक्ष संयोजन र रेर्कडमा मात्र उनले भेटघाट गरेको बताइएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा भेटघाट र भ्रमणको आचारसंहिता बनाएका नेता नारायणकाजीले अपारदर्शी भेटघाटहरुको विरोध गरेर नयाँ परम्परा बसाल्न खोजेको कुरो कतैबाट छिपेको छैन । जहाँसम्म उनको अपमानको कुरो हो, भारतीय संस्थापनको मान कसरी पाउने ? भन्ने विषयमा उनीजस्तो नेता अनविज्ञ छन भन्न सकिदैन ।

संविधानप्रतिको भ्रम चिर्ने कुरा, लम्पसारवादविरुद्धको झण्डा उठाउने कुरा, असल छिमेकीको भूमिका विकास गर्ने कुरा तथा दिल्ली दरबार नै सबथोक हो भन्ने मानसीकतालाई चिर्ने कुरामा नेता श्रेष्ठले जुनप्रकारको निर्भिकता देखाएका छन त्यसले राष्ट्रवादी नेपालीहरुको मनोबलमा पक्कै पनि थप उत्साह जगाएको छ । अरु नेपाली नेपाली नेताहरुलाई पनि नयाँ परम्परामा जान ढोका खोलिएको छ भन्दा फरक नपर्ला । एउटा पार्टीको नेताका रुपमा भन्दा पनि उनले नेपाली जनताको मनोभावनाको असली प्रतिनिधित्व गरेर साहस र आँटका साथ बोेलेको कुरालाई हामी सबैले मनन गर्न सक्नै पर्दछ । लर्खरो–लुर्तुरे र मगन्ते मानसिकताबाट माथि उठेर दुई देशवीचको असल र हार्दिक सम्बन्धको आवश्यकता बोध गराउन उनको अडान प्रशंसनिय मान्नै पर्छ ।

प्राविधिक रुपमा उनी कुनै पार्टीको नेता होलान् तर देश र आवश्यकतामा बोलेका हुन की होइनन् ?, नेपालीको मनमा जमेको कुरा खोलेकी खोलेनन् ? आग्रह भन्दा माथि उठेर सकारात्मक मनोबिज्ञानका साथ इस्यू विषेशमा समर्थन गर्ने आँट हामी सबैमा आउनुपर्दछ ।

राम्रो काम गर्दा यो पार्टी र उ पार्टी नभनी काम र परीणामको आधारमा मूल्यांकन गर्ने संस्कृतिलाई प्रश्रय गर्ने बेला हो अहिलेको समय ।

वि.सं.२०७३ फागुन ५ बिहीवार ०५:३० मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...