back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ७ जनाको मृत्यु, ४१० जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ असार २७ आइतवार

747 

shares

२७ असार, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा बाग्लुङ र कास्कीका २\२ जना, म्याग्दी, तनहुँ र स्याङजनाका १\१ गरेर ७ जनाको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १००१ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४, पर्बतमा २९, गोरखामा १०, लमजुङमा १५, तनहुँमा ११, कास्कीमा २१९, वागलुङमा ११९, स्याङजामा ४ र नवलपरासीपूर्वमा ४ जना गरी ४१० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७९ जना महिला र २३१ जना पुरुष रहेका छन् । शनिबारको तुलनामा प्रदेशमा आज संक्रमित हुनेको संख्या बढी रहेको छ । त्यस्तै आज प्रदेशमा ३०० जना निको भएका छन् ।

आज थपिएका ४१० जनासँगै प्रदेशमा हालसम्म ५९ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५५ हजार २७२ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल २८९१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६११ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

No photo description available.

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला, थप सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ असार २७ आइतवार १९:४४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...