back
CTIZAN AD

आदिकवि भानुभक्तलाई सम्झना

वि.सं.२०७८ असार २९ मंगलवार

645 

shares

भानुभक्त थिए कबि खुब बड़ा रम्घालीथे जन्मले
ब्युत्पन्न अति तिक्ष्ण कल्पशीलता उन्मा थियो कर्मले
पढ्नु लेख्नु र पढ्नु नै इलमथ्यो बाजे थिए साथमा
चण्डी औ लघुकौमुदी प्रिय बुझी बोक्थे संधै हातमा

भाषा एक थिएन देश भरमा बुझ्ने सबैले प्रिय
आस्था एक थिएन जीवन हरे ! चल्थ्यो भइ निस्प्रिय
द्वन्दै द्वन्द बुझे नपाई समता भाषाहरूको बीच
कष्टैं कष्ट बुझे यी रम्य धरणी रौद्रात्म बन्दै नीच

तस्मात् भाब खुल्यो र भित्र मनमा उब्ज्यो केही लेखने
रच्थे श्लोक मीठा यी बाल बयमै पण्डित झैँ देखिने
लेख्थे श्लोक जे जो ब्यहोर्थे दिनमा गाउँ र घर्को कुरा
देबी मन्दिर र पर्ब दिबस ती जन्ती गएका कुरा

हुर्किए दिनले र कर्म रीतले संसारी यो जीबन
खोजे कारण के रहेछ ? दुनियाँ दुःखी अधर्मी किन ?
लेखे पद्य मीठा सुकाब्य गहिरो राम्भक्तिमा अर्पण
मुग्धै भो दुनियाँ पढेर कबिको रामायणी दर्पण

नारीको बीचमा बेमेल रहँदा दुःखी गृहस्ती थिए
शिक्षाको नीतिको अभाब हटने शिक्षा बधू लेख्दिए
लेखे काब्य मीठा गजाधरबिषे देखि मति दुष्टको
लिए हुर्मत काम चोर ढँटुवा डिठ्ठा-बिचारीजीको

दिए पद्य मीठा भरेर रसले बेरेर छन्दै सित
ल्याए भाषिक एकता स्वजनमा गाएर यौटै गीत
भानुको गुण जो छ हामी सबमा भाषा बन्यो दर्पण
हे प्यारा कबिश्री ! स्वीकार हरिको श्रद्धाञ्जली अर्पण ।।

वि.सं.२०७८ असार २९ मंगलवार १५:१५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...