भानुभक्त थिए कबि खुब बड़ा रम्घालीथे जन्मले
ब्युत्पन्न अति तिक्ष्ण कल्पशीलता उन्मा थियो कर्मले
पढ्नु लेख्नु र पढ्नु नै इलमथ्यो बाजे थिए साथमा
चण्डी औ लघुकौमुदी प्रिय बुझी बोक्थे संधै हातमा
भाषा एक थिएन देश भरमा बुझ्ने सबैले प्रिय
आस्था एक थिएन जीवन हरे ! चल्थ्यो भइ निस्प्रिय
द्वन्दै द्वन्द बुझे नपाई समता भाषाहरूको बीच
कष्टैं कष्ट बुझे यी रम्य धरणी रौद्रात्म बन्दै नीच
तस्मात् भाब खुल्यो र भित्र मनमा उब्ज्यो केही लेखने
रच्थे श्लोक मीठा यी बाल बयमै पण्डित झैँ देखिने
लेख्थे श्लोक जे जो ब्यहोर्थे दिनमा गाउँ र घर्को कुरा
देबी मन्दिर र पर्ब दिबस ती जन्ती गएका कुरा
हुर्किए दिनले र कर्म रीतले संसारी यो जीबन
खोजे कारण के रहेछ ? दुनियाँ दुःखी अधर्मी किन ?
लेखे पद्य मीठा सुकाब्य गहिरो राम्भक्तिमा अर्पण
मुग्धै भो दुनियाँ पढेर कबिको रामायणी दर्पण
नारीको बीचमा बेमेल रहँदा दुःखी गृहस्ती थिए
शिक्षाको नीतिको अभाब हटने शिक्षा बधू लेख्दिए
लेखे काब्य मीठा गजाधरबिषे देखि मति दुष्टको
लिए हुर्मत काम चोर ढँटुवा डिठ्ठा-बिचारीजीको
दिए पद्य मीठा भरेर रसले बेरेर छन्दै सित
ल्याए भाषिक एकता स्वजनमा गाएर यौटै गीत
भानुको गुण जो छ हामी सबमा भाषा बन्यो दर्पण
हे प्यारा कबिश्री ! स्वीकार हरिको श्रद्धाञ्जली अर्पण ।।
वि.सं.२०७८ असार २९ मंगलवार १५:१५ मा प्रकाशित






























