back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ साउन २ शनिवार

984 

shares

(१)
फस्टाउने शक्ति भए, संसार ढाक्छ एउटै बिउले ।
महाभारत युद्ध भाथ्यो, दाजुभाइको सानै निउँले ।
हस्तिनापुर हातपार्न कैयौं युद्ध लड्नु पर्छ,
विपनामा जीउ लाग्दैन, सपनामा खाको घिउले ।।
(२)
जस्को हातमा घाउ देख्छु ठेलादेख्छु खील देख्छु,
अक्सर तिनकै वरिपरि, परिस्थिति जटील देख्छु ।
कस्ले को¥यो समाजको कारुणींक चित्र यस्तो ?
छचल्किने हर आँखामा,उन्मुक्तिको अपील देख्छु ।।
(३)
कि चिप्लाले मार्छन् बाजि,कि मालदार हुनुपर्छ ।
यो संसारमा टिकिराख्न,कि खुंखार हुनुपर्छ ।
घरवारदेखि बिरक्तेर मान्छे जोगी बनी हिंड्छन्,
जोगी भाको भोलिपल्टै, पाकेटमार हुनुपर्छ ।।
(४)
गजब देख्छु दुनियाँको, चालचलन गजब हेख्छु,
कुनै घरमा रुवाबासी,कुनै घरमा उत्सव देख्छु ।
जीवनजलको अभावमा कतै जीवन धरापमा छ,
कतैचाहिँ कालोधनको, वेसुमार फैलाव देख्छु ।।
(५)
न कुराले छाकटर्छ,न छानामा कलम छाउनु,
नियति नै बनिसक्यो, लाञ्छना र जलन पाउनु ।
अन्यौलमै बित्नेभयो यो ‘हरि’को जिन्दगानी !
सयौं घाउ जीउमा छन्, कुनमा मात्रै मलम लाउनु ?

 

वि.सं.२०७८ साउन २ शनिवार ०७:०७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...