६ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उनी ९०औँ स्थानमा रहेकी छिन । यसअघि मगर ९२ औँ बरियतामा स्थानमा रहेकी थिन। आइसीसीको बरियतामा पर्ने उनी एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुन ।
महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहेकी छिन । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेट टिमको बरियता भने यथास्थानमा रहेको छ ।
आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन ।
वि.सं.२०७८ साउन ६ बुधवार १४:४१ मा प्रकाशित


























