back
CTIZAN AD

वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर

वि.सं.२०७८ साउन ६ बुधवार

756 

shares

६ साउन, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टर वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथ साथै आमनागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकले सातै प्रदेशमा गरी १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

वि.सं.२०७८ साउन ६ बुधवार १५:२५ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...