back
CTIZAN AD

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७१ प्रतिशतले बृद्धि

वि.सं.२०७८ साउन ७ बिहीवार

786 

shares

७ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकले खुद नाफा ७१.०२ प्रतिशतले बृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ३० करोड ४३ लाख रुपैयाँ बढीले थप गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको उल्लेख छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले १६.९६ प्रतिशत लाभांश वितरण क्षमता राख्छ । यसैगरी, बैंकले गत आवको असार मसान्तसम्म ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.५० प्रतिशत बढी हो ।

अघिल्लो आवमा बैंकले १ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंक ६७.७९ प्रतिशतले सञ्चालन नाफामा वृद्धि गरी १ अर्ब २ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५२ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ । गत आवको असार मसान्तसम्म बैंकको आधारदर ७.२८ प्रतिशत र स्प्रेड दर ४.५३ प्रतिशत कायम छ । गत आवको असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा, मूल्य आम्दानी रेसीयो २०.२९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

वि.सं.२०७८ साउन ७ बिहीवार ०७:४६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...