back

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, केरलामा एकैदिन २२ हजार थपिए

वि.सं.२०७८ साउन १५ शुक्रवार

189 

shares
NTC AD
Global IME AD

१५ साउन,दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको हो । भारतमा बिहीवार ४४ हजार ६६७ जना नयाँ संक्रमित थएिकामा केरला राज्यमा मात्रै २२ हजार संक्रमित थपिएका हुन् । भारतभरी देखिएका संक्रमितमध्ये आधा संख्या केरलामा भेटिएको हो ।

केरलामा तीनदिन यता लगातार प्रत्येक दिन २२ हजारको संख्यामा संक्रमित थपिएका छन् ।

त्यसैगरी बिहीबार कोरोना संक्रमणबाट ५४९ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा ४२ हजार १०७ जना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म ३ करोड १५ लाख संक्रमित भइसकेका छन् । समाचार माध्यमका अनुसार ती मध्ये ७ करोड ७ लाख निको भइसकेका छन् भने कूल संक्रमित मध्ये ४ लाख २३ हजारले ज्यान गुमाएका छन् । भारतमा हाल ३ लाख ९९ हजार संक्रिय संक्रमितको उपचार भइरहेको छ ।

८ राज्यमा पूर्ण लकडाउन
कोरोना संक्रमितको संख्या घट्दै जान थाले पनि भारतका ८ राज्यमा अझैपनि पूर्ण लकडाउन सरहको निशेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बंगाल, हिमान्चल प्रदेश, झारखण्ड, उडिसा, तमिलनाडु, गोवा र पदुचोरीमा लकडाउन सरहकै निशेधाज्ञा जारी गरिएको छ ।

यी राज्यमा आशिंक लकडाउन
भारतका २३ राज्यमा आशिंक लकडाउन गरिएको छ । भारतको कर्णाटक, छत्तिसगढ, केरला, बिहार, दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पंजाब, बिहार, दिल्ली, महाराष्ट्र ,अरुणान्चल प्रदेश, सिक्किम, मेघालय, नागाल्याण्ड, आसाम, मणिपुर, त्रिपुरा, आन्ध्र प्रदेश र गुजरातमा आशिंक लकडाउन गरिएको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १२:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...