साउन १५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कारबाहीमा परेका चार पूर्वसांसदले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार दायर रिट न्यायाधीश भट्टराईको इजलासमा पेशी तोकिएको हो ।
प्रारम्भिक सुनुवाइका लागि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकामा सुनुवाइका लागि समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, उनीहरुले आफुँहरु एमालेमा प्रवेश नगरेको माओवादी केन्द्रमै रहेको भन्दै कारबाही गर्न नमिल्ने जिकिरसहित रिट दायर गरेका थिए ।
उनीहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन् ।
सम्बन्धित समाचार
पूर्वमाओवादी नेताहरुको मुद्दा दीपककुमार कार्कीको इजलासमा
पूर्वमाओवादी नेताहरुको रिट निवेदन ‘हेर्न नभ्याइने’मा
वि.सं.२०७८ साउन १५ शुक्रवार १२:०६ मा प्रकाशित






























