(१)
रचनाकारका रचनामा, बिभेद्को रङ्ग छर्ने तिमी
आसे पासेको हातमा, सम्मान पुरस्कार भर्ने तिमी
कसरी पुजारी बन्यौ, शब्द्को पुजा हुने मन्दिरको
नेपाली भाषा साहित्य, सधै बलात्कार गर्ने तिमी …
(२)
नौ महिना गर्भमा राखी, सन्तानलाई पाल्दा आमा
सङ्क्रमित भै कोरोनाले, तिमीलाई ढाल्दा आमा
आज ति नै सन्तानले, छी छी दुर्दुर गर्दा लाग्छ
हृदय कति फाट्यो होला, आशुले पिडा गाल्दा आमा …
(३)
साहित्य सेवा शब्द, भाबको पूजा गरेर हुन्छ
अमर अजर रचनाले, साहित्य भन्डार भरेर हुन्छ
अध्यक्ष हुँदैमा माला, भिर्दैमा साहित्य सेवा हुँदैन
मन वचन कर्मले, शब्दको सुगन्ध छरेर हुन्छ …
(४)
सोर बर्ष पुगे छोरो, पनि साथी हुन्छ
असल संस्कारले उ, सधै माथी हुन्छ
उस्को असल कर्मले, बाबु भनेर चिनिदा
पहिला गर्बले फुल्ने, मेरो यो छाती हुन्छ …
(५)
तिम्रै लागि ब्रत बसी, पूजा गर्ने दिन आउछ
हातमा तिम्रै नाम लेखी, बुट्टा भर्ने दिन आउछ
हरिया पहेला अनि राता, चुराहरु नाडी भरि सजायर
सिउदो भरि तिम्रो नामको, सिन्दुर छर्ने दिन आउछ …
वि.सं.२०७८ साउन १६ शनिवार ०६:५२ मा प्रकाशित






























