back

कविता: जलमग्न गाउँको अनुहार

वि.सं.२०७८ साउन १६ शनिवार

240 

shares
NTC AD
Global IME AD

बहुतले भवनको घुँडा– घुँडा जलस्तर
‘यति – यति पानी, घे–घे रानी !’
खेल्दछ वरिपरीका वृक्षहरू
अनि,
छातीसम्म उठेको पानीको सतह
बोकेर एकै ठाऊँमा उभेको छ वाहनहरू

चुर्लुम्म डुबेका गरिबका झोपडीहरू
इच्छा, आकांक्षा
अनि दरिद्रका जीवन शैली
मार्मिक र हृदय विदारक छ

जीवनको स्रोत हो पानी
तर यहाँ,
विकराल रूप बदलेर समुद्र जमेको छ
हिँड्नलाई बाटो छैन
उड्नलाई पखेटा छैन
काकाको रिक्सा गुड्दैन
मौन छ भैयाका ठेलाहरू
थुना परेका छन्
मानिस आफ्नै घरको कारागारभित्र

शुन्यता छाएको परिवेशहरूमा
रेलगाडी चल्दैन
बस गाडी चल्दैन
यातायात सुविधाहरू ठप्प छ !

मानौ,
गाऊँ र सहर दुवै निथ्रुक्क भिजेको छ
भोक छ त्यहाँ
शोक छ त्यहाँ
डर छ त्यहाँ
गाँस, बास र कपासमा लागेको छ
प्रश्न सुचक !

निन्द्रा छैन
सपना छैन
लक्ष्य छैन
आधारहीन जिन्दगी

भात खाने थाल,
गिलास, बटुको
भाँडा र कराई
तैरिरहेछ बाढिका छालहरूसंगै
जुत्ता–चप्पल,
कपडा–लत्ता,
कम्बल इत्यादि
बगिरहेछ जलको प्रवाहसंगै

वल्लो घरबाट पल्लो घर जानलाई
टिकट् काट्नु पर्छ
छेउका छिमेकीहरूलाई भेट्न
यात्रा गर्नुपर्छ

निःसन्देह
सडक, गोरेटो र गल्लीहरूमा
डुङ्गा र स्टिमर कुद्छ

आँगनमा गुच्छा खेल्दैनन्
अमराइट् खेल्दैनन्
बाबु–नानीहरू
कट्टु लगाएर पौडी खेल्छन्

भवनको छतमा लाग्छ पसलहरू
नून, भुटुन र चामल किन्न छतमै चढ्नुपर्छ

एकातिर खेतीबारी बाढको चपेटमा छ
अर्कोतिर मान्छे बेघर
तिखा–तिखा दाँत उध्याएर बसेको छ
अभाव र अनिकाल

सहरलाई दाह्रेर चिथ्रा–चिथ्रा
गाऊँलाई चिथोरेर ध्वजा बनाई
उडिरहेछ समस्याका एकहुल गिद्धहरू

मान्छे !
भयाक्रान्त लडिरहेछ एउटा युद्ध !!

 

वि.सं.२०७८ साउन १६ शनिवार ०६:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...