back
CTIZAN AD

कविता: जलमग्न गाउँको अनुहार

वि.सं.२०७८ साउन १६ शनिवार

933 

shares

बहुतले भवनको घुँडा– घुँडा जलस्तर
‘यति – यति पानी, घे–घे रानी !’
खेल्दछ वरिपरीका वृक्षहरू
अनि,
छातीसम्म उठेको पानीको सतह
बोकेर एकै ठाऊँमा उभेको छ वाहनहरू

चुर्लुम्म डुबेका गरिबका झोपडीहरू
इच्छा, आकांक्षा
अनि दरिद्रका जीवन शैली
मार्मिक र हृदय विदारक छ

जीवनको स्रोत हो पानी
तर यहाँ,
विकराल रूप बदलेर समुद्र जमेको छ
हिँड्नलाई बाटो छैन
उड्नलाई पखेटा छैन
काकाको रिक्सा गुड्दैन
मौन छ भैयाका ठेलाहरू
थुना परेका छन्
मानिस आफ्नै घरको कारागारभित्र

शुन्यता छाएको परिवेशहरूमा
रेलगाडी चल्दैन
बस गाडी चल्दैन
यातायात सुविधाहरू ठप्प छ !

मानौ,
गाऊँ र सहर दुवै निथ्रुक्क भिजेको छ
भोक छ त्यहाँ
शोक छ त्यहाँ
डर छ त्यहाँ
गाँस, बास र कपासमा लागेको छ
प्रश्न सुचक !

निन्द्रा छैन
सपना छैन
लक्ष्य छैन
आधारहीन जिन्दगी

भात खाने थाल,
गिलास, बटुको
भाँडा र कराई
तैरिरहेछ बाढिका छालहरूसंगै
जुत्ता–चप्पल,
कपडा–लत्ता,
कम्बल इत्यादि
बगिरहेछ जलको प्रवाहसंगै

वल्लो घरबाट पल्लो घर जानलाई
टिकट् काट्नु पर्छ
छेउका छिमेकीहरूलाई भेट्न
यात्रा गर्नुपर्छ

निःसन्देह
सडक, गोरेटो र गल्लीहरूमा
डुङ्गा र स्टिमर कुद्छ

आँगनमा गुच्छा खेल्दैनन्
अमराइट् खेल्दैनन्
बाबु–नानीहरू
कट्टु लगाएर पौडी खेल्छन्

भवनको छतमा लाग्छ पसलहरू
नून, भुटुन र चामल किन्न छतमै चढ्नुपर्छ

एकातिर खेतीबारी बाढको चपेटमा छ
अर्कोतिर मान्छे बेघर
तिखा–तिखा दाँत उध्याएर बसेको छ
अभाव र अनिकाल

सहरलाई दाह्रेर चिथ्रा–चिथ्रा
गाऊँलाई चिथोरेर ध्वजा बनाई
उडिरहेछ समस्याका एकहुल गिद्धहरू

मान्छे !
भयाक्रान्त लडिरहेछ एउटा युद्ध !!

 

वि.सं.२०७८ साउन १६ शनिवार ०६:५४ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...