back
CTIZAN AD

दश टुक्काहरु

वि.सं.२०७८ साउन १६ शनिवार

777 

shares


शिक्षा दिने सबैलाई गुरू मान्नु,
पहिलो गुरू आमा–बा भनी जान्नु ।

गुरू हुन सदैव ज्ञानको ज्योति छर्ने,
शिष्यको अज्ञानता हटाई दुःख हर्ने।

पहिलो नमन आमा–बाबाको चरणमा,
दोस्रो नमन लिएर गुरूको शरणमा ।

ज्ञान सँगै गुरू जीउने कला सिकाउँछन्,
सच्चा शिष्यले गुरूको ज्ञान फैलाउँछन् ।

गुरू पूर्णिमाको सबैलाई शुभकामना,
गुरूजीको कृपाले शुद्ध रहोस भावना ।

गुरूवर्ग सधैँ निस्वार्थ बाँड्छन ज्ञान,
बदलामा पाउँछन् मात्र मान सम्मान ।

जीवन उपयोगी शिक्षा दिने गुरू हुन,
बिर्सनु हुँदैन हामीले उनको यो गुन ।

गुरूबाट ज्ञान सँगै मार्गदर्शन पनि पाइन्छ,
आज्ञाकारी नहुँदा कहिले काहिँ ठोकर खाइन्छ ।

प्रत्येक मोड्मा शिक्षा दिने समय पनि गुरू,
सिक्नु पर्छ उचित कुरा नरोक्की शुरू–शुरू ।
१०
गुरू वशिष्ठ झैं भए अति पुज्नीय हुन्छ,
द्रोणाचार्य भई औँला मागेमा मन रून्छ ।

वि.सं.२०७८ साउन १६ शनिवार ०६:५६ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...