Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कविता: कोष प्रतिविम्वन



जब,
तिम्रो नयनको वर्णन गर्न
असक्षम छु उत्तरार्द्धमा,
प्यारको पक्षमा, मायाको पक्षमा
प्रस्ताव राख्न असमर्थ छु ।
टोलाईरहे एकान्तमा
तिम्रै सम्झनामा,
बहानाबाजी गर्नुपर्छ ।
जब आउँछौ स्मृतिमा,
न त दिल खोलेर मुस्कुराउँन सक्छु ।
कस्तो स्मृतिमा बस्यौ तिमी ?
हरपाईलामा आईरहन्छौ ।
मुस्कुराईरहन्छौ, टोलाईरहन्छौ ।
न त बिस्मृतिमा लैजान सकें तिमीलाई,
नसम्झेको दिन छैन ।
नसम्झेको रात छैन ।
हर सपनीमा आउँछौ तिमी,
टोलाउँछु, सुस्काउँछु ।
हाँस्छु, रमाउँछु ।
यस्तो बेलामा आयौ नि तिमी
जब,
तिमी मेरी हौ भनेर दिल खोल्न,
निषेधित छु, वर्जित छु ।
सताईरहन्छ हमेशा
कोष प्रतिविम्वन ।

दुईपात एक सुईरो चियाका बोटहरु
साक्षी थिए प्रेमिल सम्बन्धका ।
कोणधारी सल्लाका बोटहरुसँगै,
गुँरासका थुङ्गाहरुसँगको सम्झना ।
विद्यालयमा,
प्रार्थना सभादेखि बिदाई घण्टीसम्मको,
मित्रवत् साथ ।
तिमीले दिएका लप्सीका दानाहरु,
अमिलो तर प्रिय लाग्ने ।
मलाई पनि प्रस्ताव गथ्र्यौ नि,
क्यामुनाका दानाहरु ल्याउन
भोलिपल्ट,
ती सुकोमल हातहरुमा,
क्यामुनाका झुप्पाहरु थमाईदिंदा,
मुस्कुराउँथ्यौ मुसुक्क ।
अनि याद छ नि ?
तिम्रै नेतृत्वमा हाजिरीजवाफ खेल्दा,
मेरो टोली नराम्ररीसँग हारेको ।
परीक्षाका समयहरुमा,
पल्लो बसाईबाट साउती मार्दै,
प्रश्न सोध्ने गथ्र्यौ ।
गुरुबा, गुरुआमाका सुरक्षाका डरले
प्रत्युत्तर दिन नसक्दा,
तिम्रा सुषुम्नाहरु,
नराम्ररी आक्रोशित भएको ।

कति प्रिय थियो हाम्रो मिलन,
मृत्युशैथ्यामा पनि स्मरणयोग्य बचपन ।
फरक परिवार, फरक जीवन भोगाई
तर पनि हामी प्रिय,
प्रस्ताव राखेकी थियौ नि
ठूलो भएपछिको बिहे गरौं भनेर ।

विगतको पानामा सुरक्षित
अब त त्यो पल
न त तिमी हुन सक्छौ ।
न त म हुन सक्छु ।
तिमीबाट कहिले म
विस्मरण हुन नपरोस् ।
शब्द उपहार
युग युग रहोस् ।
आईरहन्छ त हमेशा,
कोष प्रतिविम्वन ।

अबोध त्यो बालापन
तर,
अहिले केवल विगतका हरेक यादहरु
दर्पण बनी आईरहेछ ।
पिरोलिरहेको छु,
विगतका स्मृतिहरुले ।
गल्ती मेरो होईन,
न त तिम्रै हो,
छाईरहन्छ हमेशा,
कोष प्रतिविम्वन ।

जीवनले कोल्टे फेरिसक्दा ।
उत्तरार्द्ध उमेर ढल्किसक्दा ।
अब त हामी,
न त दिल खोलेर हाँस्न सक्यौं ।
न त विगत पाउन सक्छौं ।
स्मृति मात्र केवल सम्झना रहिरहने,
जीवनको अन्तिम क्षणसम्म पनि
स्मरण भईरहने हाम्रो प्रिय बालापन ।
तिमी खुशी रहे त म खुशी रहन्छु ।
मेरो खुशीमा तिमी हाँसिदिनु ।
विगतको पानामा सुरक्षित
अब त त्यो पल
न त तिमी हुन सक्छौ ।
न त म हुन सक्छु ।
तिमीबाट कहिले म
विस्मरण हुन नपरोस् ।
शब्द उपहार
युग युग रहोस् ।
आईरहन्छ त हमेशा,
कोष प्रतिविम्वन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय